धार्मिक हिसाबले अत्यन्त महत्वपूर्ण भोलिको दिन, यस्ता उपाय गर्नाले पूरा हुनेछ हरेक मनोकामना !

प्रत्येक महिनाको चतुर्थी भगवान गणेशलाई समर्पित गरिन्छ। कृष्ण पक्षको चतुर्थीलाई संकष्टी र शुक्ल पक्षको चतुर्थीलाई विनायक चतुर्थी भनिन्छ। यस बाहेक पौष शुक्ल पक्षको चतुर्थीलाई वरद चतुर्थीका रुपमा मनाउने गरिन्छ। पौष महिनाको वरद चतुर्थी २२ गते मनाइनेछ। यस दिन भगवान गणेशको पूजा गर्नाले दुःख र कष्टबाट मुक्ति मिल्छ भन्ने विश्वास रहेको छ।

वरद चतुर्थीको शुभ समय

पञ्चाङका अनुसार यस पटक वरद चतुर्थीको व्रत पौष २२ गते परेको छ। यस दिन भगवान गणेशको पूजा गर्ने शुभ समय दिउँसो ११:३० देखि १२:४४ सम्म रहेको छ। यसबाहेक चोघडिया मुहूर्तमा पनि गणपतिको पूजा गर्न सकिन्छ।

वरद चतुर्थीको पूजा विधि 

वरद चतुर्थीको दिन भगवान गणेशको पूजा गर्न बिहान उठेर शुद्ध पानीले स्नान गर्नुहोस्। स्नान गरेपछि व्रत र पूजा गर्ने संकल्प लिनुहोस्। त्यसपछि विधिपूर्वक भगवान गणेशको पूजा गर्नुहोस्। पूजा गर्दा गणेशलाई फूल, फल, लड्डू आदि चढाउनुहोस्। व्रत बस्न चाहनुहुन्छ भने फलफूल खाएर व्रत बस्न सक्नुहुन्छ। साँझको आरती पछि, व्रत पालन उद्यापन गर्नुहोस्।

वरद चतुर्थी पूजा मन्त्र 

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥

जाननं भूतगणाधिसेवितं,
कपित्थजम्बूफलचारुभक्षणम्।
उमासुतं शोकविनाशकारकम्न,
मामि विघ्नेश्वरपादपङ्कजम्॥

ॐ श्रीं गं सौम्याय गणपतये
वर वरद सर्वजनं मे वशमानय स्वाहा:

ॐ वक्रतुण्डैक दंष्ट्राय क्लीं ह्रीं श्रीं गं गणपते
वर वरद सर्वजनं मे वशमानय स्वाहा।

पूजा गर्दा उपरोक्त मन्त्रको जप गर्नाले नोकरी तथा व्यवसायमा प्रगति हुन्छ। साथै हरेक मनोकामना पूरा हुन्छ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१२:५९

यो पालीको माघे संक्रान्ति हुनेछ निकै खास, एकैदिन बन्नेछ यस्ता दुर्लभ तीन संयोग !