सन् २०२१ का उत्कृष्ट ११ खेलाडीमा मेस्सी र रोनाल्डो दुवै परेनन् ! को-को परे त ?

एजेन्सी – विश्वका दुई चर्चित फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो चर्चित फ्रान्सेली पत्रिका ‘एल इक्विप’को टीममा पर्न असमर्थ भएका छन्। फ्रेन्च पत्रिका एल इक्विपले हरेक वर्ष वर्षभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समेटेर शिर्ष ११ खेलाडीको टोली सार्वजनिक गर्नेगरेको छ। सो टोलीमा मेस्सी र रोनाल्डो लामो समय देखि पर्दै आएपनि यसपटक भने पर्न सकेनन्।

सन् २०२१ मा रोनाल्डोले ४७ गोल गरेका थिए। वर्षको पहिलो हाफमा रोनाल्डो युभेन्टसमा थिए। युभेन्टसमा हुँदा उनले लगातार गोल गरेका थिए। गत सिजन सिरी ‘ए’को शिर्ष गोलकर्ता रहेका उनले गोल्डेन बुट पनि जितेका थिए।

त्यस्तै मेस्सीले भने सन् २०२१ मा ४३ गोल गरेका थिए। अर्जेन्टिनाले कोपा अमेरिका जित्दा मेस्सीले महत्वपूर्ण भूमिका निभाएका थिए। यो प्रदर्शनका लागि मेस्सीले बालोन डी’ओर अवार्ड पनि जिते।

को-को परे एल इक्विपको रोजाईमा ?

मेस्सी र रोनाल्डो दुवैले स्थान नबनाउँदा एल इक्विपको टीममा लिभरपुलका मोहम्मद सलाह, रियल म्याड्रिडका करिम बेन्जेमा र बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की परेका छन्। त्यस्तै म्यानचेस्टर सिटीका केभिन डी ब्रुइन, चेल्सीका जोर्गिन्हो र एङ्गोलो कान्टे पनि सो टीममा परेका छन्।

डिफेन्समा एल इक्विपले लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड, पिएसजीका मर्किन्होस, म्यानचेस्टर सिटीका रुबेन डियास र एसी मिलानका हर्नान्डेजलाई राखेको छ भने गोलरक्षकमा चेल्सीका इडुवार्ड मेन्डी परेका छन्।

प्रकाशित : बुधबार, पुष २१, २०७८१७:४५

युनाइटेडमा रोनाल्डोको दादागिरी सुरु: उनकै कारण ११ जना खेलाडी क्लब छाड्न तयार !