हिजो बढेको सुनको मूल्य आज घट्यो ! कति ?

काठमाडौँ – बुधबार बढेको सुनको मूल्य आज बिहिबार घटेको छ। साताको पहिलो दिन बढेर दोस्रो दिन घटी तेस्रो दिन घटेर बुधबार बढेको सुनको मूल्य बिहिबार घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ८ ​सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार ७ सय रुपैंयाँले बढ्दा सोमबार ३ सय रुपैंयाँले घटेको थियो। मंगलबार सुनको मूल्य तोलामै ९ सय रुपैंयाँले घटेपनि बुधबार तोलामा ६ सय रुपैंयाँले बढेको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ। चाँदी आज १ हजार २ सय ३५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१०:५७

पुस २७ गते सार्वजनिक बिदा दिने स्थानीय तहको निर्णय !