भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्नका लागि चीनले कृत्रिम सूर्य निर्माण गरेको छ। चीनले भर्खरै मात्र यसको सफल परिक्षण पनि गरेको छ। एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नामम दिइएको यस परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी पनि भनेको छ। १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको उक्त भट्टीको ताप ७ करोड डिग्री सेल्सियस रहेको छ।
साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्ट अनुसार कृत्रिम सूर्यको सफल परिक्षणपछि वैज्ञानिकहरु असिमित उर्जाको तर्फ फड्को मार्न सफल भएका छन्। ७ करोड डिग्री सेल्सियस तापक्रमको मतलब यसको ताप प्राकृतिक सूर्य भन्दा ५ गुणा बढी रहेको छ। कृत्रिम सूर्यले यो तापक्रम १७ मिनेट ३६ सेकेन्डसम्म फालेको थियो।
सूर्यकोभन्दा पाँच गुणबढी तापक्रमक भएको उक्त भट्टी हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइएको थियो। भौतिकशास्त्रीहरूले वातावरण मैत्री मानेका यस कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता पर्दैन र यसले कुनै प्रकारको हानिकारक चिज उत्सर्जन पनि नगर्ने दाबी गरिएको छ।