आउँदो १० दिन गर्नुहोस् यस्ता काम: लक्ष्मी माता हुनेछिन् प्रशन्न, हुनेछ धनको वर्षात !

धार्मिक मान्यता अनुसार पुष महिनामा कुनै काम शुभ मानिन्छ भने केही काम अशुभ मानिन्छ। तर यस समयमा घरमा केही विशेष वस्तु ल्याइयो भने ती वस्तुको प्रभावको कारण भाग्य परिवर्तन हुने मान्यता रहेको छ ।

पुष महिनामा सूर्यको किरण कम हुने भएको हुँदा यस महिनालाई अशुभ महिना मानिन्छ । त्यसैले यो महिनामा कुनै शुभ कार्य हुँदैन । यो महिनामा विवाह, घर-गाडी किन्ने, घर प्रवेश गर्ने, घर बनाउनु जस्ता कार्य गर्नु शुभ मानिँदैन । पुष महिनामा दान र सूर्यदेवको आराधना गर्नका लागि निकै शुभ मानिन्छ ।

पुष महिनाको शुल्क पक्ष निकै विशेष रहेको छ, जुन यस वर्षको जनावरी १७ तारिखसम्म रहेको छ । यस समयमा मकर संक्रान्ति मनाइन्छ । यस दिन कुनै पनि पवित्र नदीमामा स्नान गरिन्छ र सूर्य देवलाई पूजा गरिन्छ । यस दिनबाट सूर्य धनु राशि छोडेर मकर राशिमा प्रवेश गरी पुन तेजवान हुन्छ। शुक्ल पक्षमा केही विशेष चीजहरू घरमा ल्याएमा वर्षभरि नै सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ।

-पौष महिनाको शुक्ल पक्षको दिन माता लक्ष्मीको श्रीयंत्र ल्याएर विधि-विधान अनुसार पूजा गरी घर-घरमा स्थापना गर्नुहोस् । यसो गर्नाले देवी लक्ष्मीको कृपाले वर्षभर धनको कमी हुँदैन । यस दश दिनमा घरमा माता लक्ष्मी र भगवान गणेशको चाँदीको मूर्ति ल्याई दिनहुँ पूजा गरेमा धेरै धन प्राप्त हुने मान्यता रहेको छ ।

– यस समयमा मोती शंख वा दक्षिणावर्ती शंख घरमा राख्नु निकै शुभ मानिन्छ । पौष महिनाको शुक्ल पक्ष दक्षिणावर्ती शंख घरमा ल्याउको लागि निकै शुभ मानिन्छ । यसरी घरमा लाएको मुर्तिलाई विधिद्वारा स्थापना गर्नुहोस् र दैनिक पूजा गर्नुहोस्। यस समयमा रातो वा पहेलो कपडाको धारण गर्नु निकै शुभ मानिन्छ । यस समयमा घरमा तिल र सखर ल्याउनु पनि निकै शुभ मानिन्छ ।

– यस समयमा एक मध्यम खालको नरिवललाई रातो कपडामा बाधेर तपाईको धन राख्ने स्थानमा राख्नुहोस् । यस्तो गर्नाले घरमा धनको कमी हुने छैन ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१२:१८

यी राशिका मानिस हुन्छन् पैसा बचत गर्न निकै सिपालु, छिट्टै धनको ढुकुटी भर्न हुन्छन् माहिर !