एजेन्सी – वेस्ट ह्याम युनाइटेडका पूर्व फरवार्ड फ्रान्क म्याकएभेनीले म्यानचेस्टर युनाइटेड युरोपा लिगका लागि समेत छनौट हुन नसक्ने सम्भावना देखिएको बताएका हुन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा म्याकएभेनीले युनाइटेडलाई युरोपा लिगका लागि समेत छनौट हुन गार्हो पर्ने बताएका हुन्।
म्याकएभेनीले हालको अवस्थाबाट माथि उठ्न नसके युनाइटेले च्याम्पियन्स लिगका लागि मात्र नभई युरोपा लिगका लागि समेत छनौट हुन नसक्ने बताए। युनाइटेडको हालत यति धेरै खराब हुन्छ भन्ने आफूले नसोचेको म्याकएभेनीको भनाई छ।
“यस्तै ताल हुने हो भने युनाइटेड युरोपा लिगका लागि समेत छनौट हुन सक्दैन। राल्फ रङ्गनिक आएपछि युनाइटेडको हालत यति सम्म हुन्छ होला भनेर मैले सोचेको थिइन।”,म्याकएभेनीले भने।
त्यसो भनिरहँदा म्याकएभेनीले युनाइटेडले न्यूकासल विरुद्ध धेरै नै राम्रो खेलेको भन्न छुटाएनन्। साथै उनले रङ्गनिकको खुलेर आलोचना पनि गरे। रङ्गनिकले राम्रो शुरुवात गर्न नसकेको म्याकएभेनीको बुझाई छ।
उनले भने,”उनीहरुले न्यूकासल विरुद्ध जसरी खेले, त्यो फोहोर थियो। वुल्भ्स विरुद्ध पनि उनीहरुले राम्रो खेल्न सकेका थिएनन्। दुख साथ भन्नुपर्छ, यो धेरै नै राम्रो अवस्था हो।”
रङ्गनिक यस सिजनको अन्त्य सम्मका लागि मात्र भएको कारण पनि समस्या उत्पन्न भएको म्याकएभेनी बताउँछन्। मात्र ६ महिनाका लागि आएका प्रशिक्षकलाई खेलाडीहरुले कम टेर्ने म्याकएभेनीको बुझाई छ।