पीएसजीमा मेस्सीको बसाई एक सिजन भन्दा नहुने, फेरी बार्सिलोना नै आउने !

बार्सिलोनाका पूर्व खेलाडी लोबो कारास्कोले लियोनल मेस्सीले फ्रान्सेली क्लबमा एक सिजन पछि नै पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्न सक्ने दाबी गरेका छन्।

मेस्सीले गत समरमा १७ सिजन ट्रफीले भरिएको आफ्नो लामो समयको क्लब बार्सिलोनाबाट पीएसजीमा सनसनीपूर्ण ट्रान्सफरलाई पूर्णता दिएका थिए। यस सिजन पीएसजीमा आएर सातौँ पटक ब्यालोन डी ओर अवार्ड जित्नु अघि उनले ब्लाउग्रानाको जर्सीमा ६ पटक उक्त प्रतिष्ठित अवार्ड जितेका थिए। तर फ्रेन्च क्लबमा चीजहरु मेस्सीका लागि राम्रो भइरहेको छैन, विशेषगरी व्यक्तिगत तथ्यांकको सन्दर्भमा।

मेस्सीले च्याम्पियन्स लिगको समूह चरणका पाँच खेलमा पाँच पटक गोल गरेका छन् तर यस सिजन लिग १ मा अहिलेसम्म एक गोल मात्रै गरेका छन्। यस्तोमा, क्यारास्कोले दाबी गरेका छन् कि पीएसजीको जारी सिजनले लियोनेल मेस्सीको भविष्यमा ठूलो प्रभाव पार्न सक्छ।

“यदि उनी सफल भए, जसको अर्थ च्याम्पियन्स लिग जित्नु हो भने, उनले अर्को वर्ष आफ्नो बसाइ लम्ब्याउन सक्छ। यदि पीएसजीले च्याम्पियन्स लिग जित्न सकेन भने यो वर्ष लामो हुनेछ। मलाई लाग्दैन कि उनले स्पोर्टिङ हिसाबले आफ्नो निर्णयलाई पछुताउँछन्, तर व्यक्तिगत स्तरमा उनले महसुस गरिसके (उनले गल्ती गरे),” क्यारास्कोले भने।

पीएसजीको सिजन अहिलेसम्म योजनाअनुसार गएको छैन। नेयमार लामो समयको चोटका कारण बाहिर छन् र च्याम्पियन्स लिगको राउण्ड अफ १६ को पहिलो लेग रियल म्याड्रिड विरुद्धको खेलसम्म अनुपलब्ध हुने भएका छन्। किलियन एमबाप्पेले आउँदो समरमा क्लब छाड्ने सम्भावना रहेको बताइएको छ।

लिग उपाधि पीएसजीले जित्नेमा कुनै शंका नै छैन तर च्याम्पियन्स लिगमा भने धेरैले मेस्सी-नेयमार-एम्बाप्पे जस्ता खेलाडी रहेपनि फ्रेन्च क्लबमा सन्तुलनको कमी रहेको कारण क्लब प्रतियोगितामा संघर्ष गर्ने बुझेका छन्। यदि मेस्सीले क्लबसँग विभिन्न उपाधि र च्याम्पियन्स लिग जितेको खण्डमा मात्र ७ पटकका ब्यालोन डी ओर विजेता फ्रान्समा रहन सक्ने बताइएको छ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१२:२९

वुल्भ्सका यी स्टारले रोनाल्डोलाई आफ्नो गोजीमा राखेर हिडेको पूर्व खेलाडीको दाबी !