यी ५ राशिको पेटमा पच्नै सक्दैनन् कुनै कुरा, भुलेर पनि नगर्नुस् आफ्ना गोप्य कुरा !

सबैजना कुनै न कुनै बिन्दुमा केही न केही समस्यामा पर्छन्। यो पनि भन्न सकिन्छ कि प्रत्येक व्यक्तिको कुनै न कुनै रहस्य हुन्छ। यस्तोमा मानिसहरु आफ्नो सुख–दुःखका कुराहरु अरुसँग विश्वास गरेर रहस्यमय कुराहरु बाँड्छन् तर केही समयपछि उनीहरुलाई आफ्नो गल्ती थाहा हुन्छ जब उनीहरुको गोप्य कुरा गोप्य रहँदैन, त्यो कुरा सबैलाई थाहा भइसकेको हुन्छ। ज्योतिष शास्त्रमा केही यस्ता राशि पनि छन् जसले अरुको रहस्य पचाउन सक्दैनन् र अरुलाई बताईहाल्छन्। त्यसैले पनि यी मानिसलाई भरोसा गर्ने व्यक्तिले ठूलो घाटा बेहोर्नु पर्छ। कुन-कुन हुन् त यस्ता राशि ? जान्नुहोस्……

मेष राशि   

मेष राशिका मानिसहरु निकै उत्साही र जोशीला हुन्छन्। उनीहरुले उत्साह र ऊर्जाले कहिलेकाहीँ चीजहरू गडबड गर्न सक्छन् र सजिलैसँग अरूको रहस्य कसैलाई खुलासा गर्न सक्छन्। यी व्यक्तिहरूलाई आफ्नो गोप्य खुलासा गर्नबाट टाढा रहनुपर्छ।

मिथुन राशि 

मिथुन राशिका व्यक्तिहरू सञ्चारमा राम्रो हुन्छन् र मानिसहरूसँग सजिलै साथी बन्न सक्ने क्षमताका हुन्छन्। त्यसैले मानिसहरूले उनीहरूलाई विश्वास गर्छन् र उनीहरूको गोप्य कुरा बताउछन् तर पछि पश्चात्ताप गर्छन्। किनकी यी मानिसहरूलाई गपशप गर्ने बानी हुन्छ र तिनीहरूले तपाईंको गोप्य कुरा कसैलाई पनि बताउन सक्छन्।

कर्कट राशि 

कर्कट राशिका मानिसहरुको मन र बोलीमा नियन्त्रण हुँदैन। उनीहरुले धेरै जसो भन्नै नहुने कुराहरु पनि बोल्छन्। कसैको गोप्य कुरा सबैको अगाडि बताउन एक फेरि पनि सोच्दैनन्। त्यसैले यी मानिसहरूलाई आफ्ना केही गोप्य कुराहरु भन्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो।

तुला राशि 

तुला राशिका मानिसहरु बोल्नमा निकै अचम्मका हुन्छन्। यी मानिस कुनै पनि व्यक्तिबाट उनीहरुको गोप्य कुरा निकाल्न सक्छन् र अरुलाई बताउन पनि सक्छन्। यी मानिसहरूलाई धेरै सोचेर सम्झेर मात्र भरोसा गर्नुपर्छ।

धनु राशि 

धनु राशिका व्यक्तिहरूले सजिलै कसैलाई पनि आफ्नो बनाउँछन् र चाँडै उनीहरूलाई विश्वास गर्छन्। यस्तोमा उनीहरुले कसैको राज कसलाई कति बेला भन्छन् आफैंलाई नै थाहा नै हुन्न। यी मानिसहरूलाई विश्वास गर्नु जोखिम मोल्नु जस्तै हो।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१२:५९

एक नम्बरका ढिपी हुन्छन् यी राशिका मानिस, आफ्नै गल्ती पनि स्वीकार गर्दैनन् !