कौटिन्हो बार्सिलोनाबाट आउट, एस्टन भिल्लामा जान तयार भए !

एजेन्सी – बार्सिलोनाका ब्राजिलियन फुटबलर फिलिपे कौटिन्हो प्रिमियर लिग फिर्ता हुने भएका छन्। प्रिमियर लिगबाट लालिगा पुगेको चार वर्षमा कौटिन्हो प्रिमियर लिग फिर्ता हुने भएका हुन्।

कौटिन्होलाई लिएर बार्सिलोना र प्रिमियर लिग क्लब एस्टन भिल्ला एक सम्झौतामा पुगेका छन्। कौटिन्हो लोनमा एस्टन भिल्ला आउन लागेको बारे क्लब आफैंले समेत अधिकारी पुष्टि गरिसकेको छ।

लोन ट्रान्सफर सम्झौता भएसँगै अब कौटिन्हो ४८ घण्टामै बेलायतको लागि रवाना हुनेछन्। बार्सिलोना र एस्टन भिल्ला बीच भएको सम्झौता अनुसार एस्टन भिल्लाले कौटिन्होलाई भेट्न पनि सक्नेछ।

कौटिन्हो सफल लिभरपुल बसाईपछि सन् २०१८ मा लालिगा क्लब बार्सिलोना पुगेका थिए। पहिलो सिजनमा राम्रै खेलेपनि उनले त्यसपछि खासै राम्रो प्रदर्शन गर्न सकेनन्। जसकारण उनलाई बार्सिलोनाले सन् २०१९/२० को सिजन लोनमा जर्मन क्लब वायर्न म्युनिख पठाएको थियो।

बायर्नबाट खेल्दा उनले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेका थिए। बायर्नबाट खेल्दा उनले बुन्डेसलिगामा २३ खेल खेल्दै ८ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा ३ गोल गरेका थिए। बायर्नबाट बार्सिलोना फिर्ता भएपछि उनी अधिकांश समय बेञ्चमा रहँदै आएका छन्। गएको दुई सिजनमा उनले १३ खेलमा मात्रै मौका पाएका छन्।

कौटिन्हो एस्टन भिल्ला जाने भएसँगै बार्सिलोनाले ठूलो राहत महसुस गरेको छ। आर्थिक भारका कारण बार्सिलोनाले म्यानचेस्टर सिटीबाट आएका फेरान टोरेसलाई लालिगामा दर्ता गराउन सकिरहेको थिएन। तर कौटिन्होको लोन ट्रान्सफर हुने भएसँगै अब टोरेसलाई दर्ता गराने बाटो खुल्ने भएको छ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१६:४२

फैलिन थाल्यो ओमिक्रोन, एकै दिन यति धेरैमा पुष्टि !