सुआरेज बार्सिलोना फिर्ता ? जाभीको ‘ग्रिन सिग्नल’ !

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेज एट्लेटिको मड्रिडमा अन्तिम समय बिताइरहेका छन्। त्यहाँ उनको सम्झौता लगभग ६ महिनाको लागि मात्र बाँकी छ। सुआरेज सन् २०२० मा बार्सिलोनाबाट एट्लेटिको पुगेका थिए।

एट्लेटिको लालिगा च्याम्पियन बन्दा सुआरेजले गत सिजन धेरै नै राम्रो प्रदर्शन गरेका थिए। सोक्रममा उनले २३ गोल गरेका थिए भने ३ असिस्ट दिएका थिए। बार्सिलोना र रियल म्याड्रिड जस्ता क्लबलाई पछि पारेर एट्लेटिको च्याम्पियन बन्दा उनको भूमिका धेरै नै महत्वपूर्ण थियो।

तर जारी सिजनमा भने सुआरेजले तयारी राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। जारी सिजनमा उनले लालिगाका कुल १६ खेल खेल्दा ७ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्। स्पेनिस मिडियाहरुका अनुसार सुआरेजले एट्लेटिकोमा सम्झौता थप गर्ने सम्भावना अत्यन्त न्यून छ। सम्झौताको अन्तिम ६ महिनामा रहेका सुआरेजको सम्झौता थप गर्न न त क्लबले चासो देखाएको छ, न त सुआरेज नै सम्झौता थप गर्न इच्छुक देखिन्छन्।

बार्सिलोना फिर्ता हुन सक्ने सम्भावना कति ?

गएको केहि दिन देखि सुआरेज बार्सिलोना फिर्ता हुन सक्ने चर्चा चलिरहेको छ। सम्झौताको पूरा समय नसकिँदै सुआरेज बार्सिलोना फिर्ता हुन सक्ने सम्भावना देखा परिरहेको स्पेनिस मिडियाहरु बताउँछन्। सुआरेज यहि महिना बार्सिलोना फिर्ता हुन सक्ने सम्भावना समेत देखिन्छ।

बताइएअनुसार बार्सिलोनाका प्रशिक्षक जाभी समेत सुआरेजलाई क्लबमा चाहन्छन्। जाभीले सुआरेजलाई फिर्ता ल्याउन सहमति जनाइसकेको बताइन्छ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८२१:००

हालाण्ड बार्सिलोनामा, एम्बाप्पे रियलमा ? हालाण्डलाई बार्सिलोनामा ल्याउन रियलले नै सहयोग गर्ने !