केहि दिन देखि बिरामी प्रचण्डमा कोरोनाको पुष्टि !

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। गएको केहि दिन देखि बिरामी रहेका प्रचण्डमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।

प्रचण्ड गएको केहि दिन देखि अस्वस्थ रहेका थिए। जसकारण शुक्रबार साँझ पीसीआर परीक्षण गरिएको थियो। पीसीआर परीक्षणले प्रचण्डमा कोरोना भाइरसको संक्रमण रहेको देखाएको उनको निजी सचिवालयले जनाएको छ।

सचिवालयले दिएको जानकारी अनुसार कोरोना पुष्टि भएपनि प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन्। सचिवालयले प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

“अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।धन्यबाद !!”,प्रचण्डको निजी सचिवालयले भनेको छ।

प्रकाशित : शनिबार, पुष २४, २०७८१०:१३

शेखर कोइरालाले भने – ‘आउने निर्वाचनमा गठबन्धन हुँदैन’