रोनाल्डोलाई सुझाव – ‘खेलाडी भएपछि खेल्ने हो नि, कराइरहने होइन’

एजेन्सी – प्रिमियर लिग क्लब वेस्ट ह्याम र म्यानचेस्टर सिटीका पूर्ण खलाडी तथा फुटबल विश्लेषक ट्रेभर सिन्क्लेयरले क्रिस्टियानो रोनाल्डोलाई फुटबलमा केन्द्रित हुन सुझाव दिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा ट्रेभर सिन्क्लेयरले रोनाल्डोलाई आफ्नो भूमिका बारे स्पष्ट हुन सुझाव दिएका हुन्।

टकस्पोर्टसँग कुराकानी गर्दै सिन्क्लेयरले रोनाल्डोले फुटबल भन्दा पनि मैदान बाहिरका विषयहरुमा बढी चासो राखिरहेको आरोप लगाए। रोनाल्डोले मैदानमा हुँदा कसरी खेल्ने भन्ने विषयमा ध्यान दिनुपर्ने सिन्क्लेयरको भनाई छ। रोनाल्डोका कारण म्यानचेस्टर युनाइटेडमा धेरै समस्या पैदा भइरहेको पनि सिन्क्लेयरले बताए।

“जाडोन सान्चो, मार्कस रासफोर्ड जस्ता युवा खेलाडीहरु वास्तवमै राम्रो प्रदर्शनका लागि संघर्ष गरिरहेका छन्। तर रोनाल्डोका कारण त्यहाँ धेरै समस्या पैदा भइरहेको छ। रोनाल्डोले आफ्नो भूमिका जे हो, त्यो बुझ्नुपर्ने हुन्छ। आफू फुटबलर हो र फुटबल खेल्ने आफ्नो काम हो भनेर रोनाल्डोले बुझ्नुपर्छ।”,सिन्क्लेयरले भने।

त्यस्तै सिन्क्लेयरले कहिले काहिँ मुख बन्द गर्दा नै राम्रो हुने पनि बताएका छन्। रोनाल्डो तर्फ इंकित गर्दैन उनले चुप लागेर बस्न सुझाव दिए। रोनाल्डोका कारण क्लबमा धेरै समस्या निम्तिरहेको उनले बताए। त्यसक्रममा सिन्क्लेयरले रोनाल्डोलाई नाकिनेर म्यानचेस्टर सिटीले धेरै राम्रो काम गरेको भन्न पनि छुटाएनन्।

उनले भने,”म्यानचेस्टर सिटीले क्रिस्टियानोलाई साइन नगरेर धेरै राम्रो काम गर्यो। कहिलेकाहिँ मुख बन्द गर्दा नै राम्रो हुन्छ। रोनाल्डोले फुटबल क्लबमा धेरै समस्याहरू निम्त्याइरहेका छन्।”

प्रकाशित : शनिबार, पुष २४, २०७८१८:२३

तत्काल पानी र हिउँ पर्ने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसमविद् !