आउँदो माघे संक्रान्ति यी ३ राशिलाई अत्यन्त शुभ, सफलताले चुम्नेछन् शिखर !

मकर संक्रान्ति नेपाली संस्कृतिको प्रमुख चाडहरू मध्ये एक हो। सूर्य मकर राशिमा प्रवेश गर्ने बित्तिकै खरमास समाप्त हुन्छ र सबै शुभ कार्यहरू सुरु हुन्छन्। माघ महिनाको पहिलो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दा त्यस समयलाई संक्रान्ति भनिन्छ। हिन्दू धर्ममा सूर्य देवतालाई प्रत्यक्ष देवता भनिन्छ। जसले दिनहुँ दर्शन दिने र सारा संसारमा ऊर्जा प्रवाह गर्छन्। ज्योतिषमा सूर्यलाई नौ ग्रहको स्वामी मानिन्छ। सूर्यले आफ्नो नियमित गतिमा राशि परिवर्तन गर्ने विश्वास गरिन्छ। सूर्यको यो राशि परिवर्तनलाई संक्रान्ति भनिन्छ। यसरी वर्षमा १२ वटा संक्रान्ति तिथी हुन्छन्। जसमध्ये मकर संक्रान्ति सबैभन्दा महत्त्वपूर्ण रहन्छ। ज्योतिष शास्त्रका अनुसार मकर संक्रान्तिसम्मको समय केही राशिका लागि निकै शुभ र फलदायी रहने छ। यी राशिहरूलाई ग्रहहरूका राजा सूर्य देवताले आशीर्वाद दिनेछन्। आउनुहोस् जानौं यस वर्षको मकर संक्रान्तिसम्म कुन राशि शुभ रहनेछ।

मेष राशि 

मेष राशिका व्यक्तिहरूले मकर संक्रान्तिसम्म शत्रुहरूमाथि विजय प्राप्त गर्नेछन्। कार्यस्थलमा तपाईंको प्रतिष्ठा बढ्नेछ। आर्थिक अवस्थामा पनि सुधार आउने सम्भावना छ। यसका साथै दाम्पत्य जीवनमा भइरहेको समस्या पनि हट्नेछ।

मिथुन राशि 

मिथुन राशिका लागि मकर संक्रान्तिसम्मको समयले शुभ फल दिनेछ। यस अवधिमा कार्यस्थलबाट शुभ समाचार प्राप्त हुनेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ। आर्थिक दृष्टिले पनि सूर्यको राशि परिवर्तनले तपाईंको जीवनमा आर्थिक उन्नति गराउनेछ।

कर्कट राशि 

कर्कट राशिका लागि मकर संक्रान्तिसम्मको समय मान–सम्मानमा वृद्धि हुने देखिन्छ। कार्यस्थलमा आर्थिक लाभ हुने सम्भावना छ। सूर्यको राशि परिवर्तनले पनि सफलता दिलाउनेछ। धन आर्जनको नयाँ अवसर पनि तपाईंको अगाडि आउन सक्छ।

प्रकाशित : आइतबार, पुष २५, २०७८११:४९

अबको ७ दिन यी ३ राशिलाई अत्यन्त अशुभ, कुन-कुन ?