लेवान्डोस्कीको नाक मुनीबाट अर्को अवार्ड पड्काउने दाउमा मेस्सी, अन्तत: लेवालाई दिए दनक !

पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा सामान्य सुरुवातको बाबजुद लियोनेल मेस्सीलाई फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको दौडमा बढावा दिइएको छ र अब उनी यस अवार्ड जित्ने प्रमुख दाबेदार बनेका छन्।

मेस्सीका साथै लिभरपुलका फरवार्ड मोहम्मद सलाह र बायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेवान्डोस्की जनवरी १७ मा घोषणा गरिने अवार्डका लागि फाइनल मनोनयनमा परेका छन्। नोभेम्बरमा आफ्नो सातौं बालोन डी’ओर अवार्ड हात पारेका पूर्व बार्सिलोना फरवार्ड, अगस्टमा पीएसजीमा गएदेखि उत्कृष्ट प्रदर्शन गर्न असफल भए तापनि यस अवार्डको अन्तिम ३ मा पर्न सफल भएका छन्।

मेस्सीले यस सिजन लिग १ मा केवल एक गोल गरेका छन्, जबकि च्याम्पियन्स लिगका पाँच खेलहरूमा पाँच गोलका साथ उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्। यसको तुलनामा बायर्नका स्ट्राइकर लेवान्डोस्कीले यस सिजन २६ खेलमा ३१ गोल गरिसकेका छन् भने सलाहले लिभरपुलका लागि २६ खेलमा २३ पटक गोल गरेका छन्।

यद्यपि, मेस्सीलाई फिफाको द बेस्ट अवार्डको दौडमा ठूलो बढावा दिइएको छ किनकि डेली मेलका अनुसार पार्क डेस प्रिन्सेसमा उनको हालको लयलाई यस अवार्डका लागि ध्यानमा राखिने छैन। “प्यानलले ८ अक्टोबर २०२० देखि यू अगस्ट २०२१ सम्मको अवधिमा खेलाडीहरुको उपलब्धिहरूका लागि विजेता चयन गर्नेछ,” फिफाले भनेको छ।

त्यो समयावधिमा, मेस्सीले पेरिस जानुअघि नाउ क्याम्पमा उनको अन्तिम सिजनमा कोपा डेल रे जित्न मद्दत गर्दै बार्सिलोनाका लागि ४७ खेलमा ४३ गोल गरेका थिए। उनले अर्जेन्टिनासँग आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रफी पनि जितेका थिए, जुन जुलाईमा आफ्नो देशको लागि कोपा अमेरिकाको उपाधि जितेका थिए।

तुलनात्मक रूपमा, लेवान्डोस्कीले त्यस अवधिमा ५१ गोल गरे र बायर्न म्युनिखसँग बुन्डेसलिगा र फिफा क्लब विश्वकप जितेका थिए। सालाहले त्यतिबेला २६ गोल गर्न सफल भए पनि यस सिजनको उनको उत्कृष्ट सुरुवातलाई यस वर्षको अवार्डमा मान्यता दिइने छैन। मेस्सीले यसअघि नै ६ पटक यो अवार्ड जितिसकेका छन् भने लेवान्डोस्कीले २०२१ मा पीएसजीका फरवार्ड र म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ‘फिफा द बेस्ट’ घोषित भएका थिए।

फिफाले यस महिनाको अन्त्यमा जुरिचमा हुने अनलाइन समारोहमा यस वर्षको विजेता घोषणा गर्नेछ, जसमा चेल्सीका फरवार्ड साम केर र बार्सिलोनाका जोडी जेनिफर हर्मोसो र एलेक्सिया पुटेलास महिला अवार्डका लागि मनोनयनमा परेका छन्।

प्रकाशित : आइतबार, पुष २५, २०७८१२:२९

रोनाल्डोलाई झड्का: ४७ वर्षका पूर्व खेलाडीले आफू रोनाल्डो भन्दा फिट भएको दाबी गरे !