अबको ७ दिन यी ३ राशिलाई अत्यन्त अशुभ, कुन-कुन ?

कर्कट राशि

कर्कट राशिको लागि यस हप्ता फाइदा कम नोक्सान बढी हुने हुँदा सावधान रहनु पर्ने हुन्छ । कार्य स्थलमा समस्या आउने हुँदा त्यसलाई समाधान गर्न सावधान रहनुहोला । आवेग वा भावनाको भरमा कुनै गलत निर्णय नगर्नुहोस्। यो साता महत्त्वपूर्ण कामको लागि धेरै दौडधुप गर्नु पर्ने हुनसक्छ । अनावश्यक चिन्ता र कार्यमा अचानक बाधा आउन सक्छ। साताको मध्यमा पेसा–व्यवसायको सिलसिलामा लामो वा छोटो दुरीको यात्रा हुने सम्भावना छ। यात्राबाट लाभ र सफलताको सम्भावना रहेको छ तर, यात्राको क्रममा आफ्नो स्वास्थ्य र सामान दुवैको विशेष ख्याल गर्नुपर्छ ।

मकर राशि

मकर राशिको जीवनमा यस हप्ता उतारचढाव आउनेछ । साताको प्रारम्भमा पेशा–व्यवसायमा केही समस्या झेल्नु पर्नेछ। यस समयमा शत्रु सक्रिय हुनुको साथै साममा बाधा पुर्‍याउने प्रयास गर्न सक्छन्। लामो समयदेखि रोकिएका काम पूरा गर्न निर्धारित रकमभन्दा बढी खर्च गर्नुपर्ने हुनसक्छ । जागिरको खोजीमा रहेकाले अझै केही समय पर्खनु पर्ने छ । बाबुसँग कुनै कुरामा मनमुटाब हुन सक्छ। प्रेम सम्बन्धसँग सम्बन्धित कुनै विवाद तपाईंको लागि ठूलो चिन्ताको कारण बन्न सक्छ त्यसैले प्रेम सम्बन्धमा सावधानी पूर्वक कुनै कदम चल्नु उचित हुनेछ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसलाई यस हप्तामा बोलीमा सजग हुनु पर्ने हुन्छ, अन्यथा विवाद हुनसक्छ । साताको प्रारम्भमा व्यक्तिगत आवश्यकताहरू पूरा गर्न अतिरिक्त पैसा खर्च गर्नुपर्ने हुन सक्छ। यस समयमा मन चंचल रहनेछ र परिवारसँग सम्बन्धित कुनै समस्याले चिन्ता बढ्नेछ । कसैलाई आँखा चिम्लेर बिश्वास नगर्नुस नत्र धोका हुन सक्छ । प्रेम सम्बन्धमा, सावधानीपूर्वक अगाडि बढ्नुहोस् र कुनै पनि देखावटी पनबाट टाढा रहनुहोस्। यस हप्ता महिलाहरुको अधिकांश समय धार्मिक कार्यमा बित्नेछ ।

प्रकाशित : आइतबार, पुष २५, २०७८१४:५१

ग्रहचक्रमा करिब ३० वर्षपछि हुँदै यस्तो विशेष संयोग, यी ६ राशिलाई अत्यन्त अशुभ !