शनि-सूर्यको २० औं वर्ष कै ठूलो उथलपुथल, यी ३ राशिको जीवन हुनेछ कायापलट !

मकर संक्रान्तिको दिन सूर्य मकर राशिमा शनिको राशिमा प्रवेश गर्नेछ। सूर्य करिब एक महिना यो स्थितिमा रहनेछ। यस अवधिमा सूर्य शनिप्रति क्रोधित हुँदैनन्। शनिप्रति सूर्यको यो स्थितिले सम्बन्धमा मधुरताको संकेत गर्छ। अर्कोतर्फ, प्रत्येक वर्ष जब सूर्य देव मकर राशिमा प्रवेश गर्छन्, यो विरलै हुन्छ जब सूर्यको आफ्नै पुत्र शनिसँग भेट हुन्छ। यसपटक मकर संक्रान्तिमा २९ वर्षपछि सूर्य–शनिको सामना हुनेछ। जसले सबै १२ राशिलाई असर गर्नेछ। कुन राशिमा सकारात्मक असर पर्नेछ भनेर जान्नुहोस्।

मिथुन राशि 

साझेदारी व्यवसायमा मनग्य लाभ मिल्ने संकेत देखिन्छ। सूर्यको गोचरको प्रभावले स्वास्थ्यको कारण तपाईंको चिन्ता बढ्न सक्छ। बाबुको सम्पत्तिबाट लाभ हुनेछ। अनुसन्धानमा संलग्न व्यक्तिहरूले शुभ समाचार प्राप्त गर्नेछन्।

सिंह राशि 

काममा नयाँ जिम्मेवारी पाउन सकिनेछ। यस बाहेक करियरमा उन्नति हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउनेछ। दिनचर्यामा सुधार गर्नु राम्रो हुनेछ। दैनिक व्यायाम गर्नु लाभदायक साबित हुनेछ।

कुम्भ राशि

वैदेशिक रोजगारीको भरपूर अवसरहरु मिल्ने देखिन्छ । आर्थिक हिसाबले पनि यो समय निकै शुभ रहन सक्छ, धन लाभको सम्भावना देखिन्छ । सामाजिक कार्यमा तपाईंको रुचि बढ्नेछ। जसले मनमा शान्ति दिनेछ।

प्रकाशित : आइतबार, पुष २५, २०७८१७:०८

२९ वर्षपछि ग्रहचक्रमा शनि-सूर्यको विशेष योग, कुन राशिलाई कति शुभ ?