आकाश र पातालको फरक देखियो रियल म्याड्रिड र बार्सिलोना बीच, १००० गुणा पछि पर्यो बार्सा !

एजेन्सी- लालिगा २०२१-२२ सिजनका आधा खेलहरु समाप्त भइसकेका छन्। यस्तोमा स्पेनिस दुई महारथी बार्सिलोना र रियल म्याड्रिडका दुई फरक कथा छन्।

यसै सिजनबाट मात्र १७ वर्षपछि क्लब इतिहास कै सर्वश्रेष्ठ खेलाडी लियोनल मेस्सी गुमाएको बार्सिलोनाको हालत लिग तथा युरोपेली प्रतियोगिता हरेक क्षेत्रमा निकै खराब रहेको छ। अर्कोतर्फ, क्लब इतिहास कै सर्वाधिक गोलकर्ता रोनाल्डोको बहिर्गमनबाट बिस्तारै उठेको रियल म्याड्रिड यस सिजन आफ्ना दुई प्रमुख डिफेन्डर: सर्जियो रामोस र राफेल भारानलाई गुमाउँदा पनि युरोप कै उत्कृष्ट लयमा रहेको क्लब मध्ये एक रहेको छ। हाल रियल म्याड्रिड भन्दा उत्कृष्ट लयमा रहेको क्लब युरोप मै खोज्न निकै कठिन हुनसक्छ।

युईएफए च्याम्पियन्स लिगको कुरा गर्ने हो भने रियल म्याड्रिड समूह चरणको विजेता बन्दै सहज रूपमा अन्तिम १६ मा प्रवेश गर्यो जहाँ अब क्लबले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ। मेस्सी-नेयमार-एम्बाप्पे जस्ता खेलाडी पिएसजीसँग रहेपनि धेरैले रियल म्याड्रिडलाई बलियो टोली मानेका छन्।

अर्कोतिर, बार्सिलोना भने समूह चरणमा तेस्रो स्थानमा रहँदै झन्डै २ दशकपछि पहिलो पटक युरोपा लिग खेल्ने भएको छ। क्लबले समूह चरणका ४ खेलमा गोल गर्न नसक्दा मात्र २ गोल गर्न सफल भयो भने तीन खेलमा ३-० गोल अन्तरले पराजित भयो।

त्यस्तै लिगमा पनि परिस्थिति केहि फरक छैन। यस सिजन स्पेनिस लिगमा रियल म्याड्रिड र बार्सिलोनामा आकाश-पातालको फरक देखिएको छ। म्याड्रिड हाल तालिकाको शिर्ष स्थानमा रहेको छ भने बार्सिलोना छैठौं स्थानमा रहँदै अर्को सिजन युरोपा लिगमा छनोट हुन पनि संघर्ष गरिरहेको छ। रियलको २१ खेलबाट ४९ अंक रहेको छ भने बार्सिलोनाको २० खेलबाट मात्र ३२ अंक रहेको छ। यस्तोमा यी दुई बीच १७ अंकको फरक रहेको छ।

रियल म्याड्रिडका करिम बेन्जेमा र भिनीसियस जुनियरको जोडी हाल युरोप कै सबैभन्दा उत्कृष्ट जोडी भन्दा फरक नपर्ने अवस्थामा बार्सिलोना भने हरेक खेलमा गोल गर्न संघर्ष गर्दै गरेको प्रष्ट देखिन्छ। यस सिजन रियल म्याड्रिड बार्सिलोना भन्दा निकै अगाडी रहेको प्रष्ट देखिन्छ। के बार्सिलोनाले जाभीको अन्डरमा अर्को वर्ष रियल म्याड्रिडलाई लिग उपाधिको लागि चुनौती दिन सक्ला त ?

प्रकाशित : आइतबार, पुष २५, २०७८१७:३९

रोनाल्डोले युनाइटेड छाड्दै, एक सिजन पनि टिक्न मुश्किल !