सुगरको बिरामीको लागि एकदमै लाभदायक हुन्छ लसुन, यसरी गर्नुहोस् प्रयोग!

आज हामी तपाईहरुलाई लसुनको सेवनबाट हुने फाइदाको बारेमा बताउने छौँ । लसुनको सेवनले हामिलाई धेरै रोगहरुबाट बचाउनुको साथै रोग सँग लड्न सक्ने क्षमताको पनि बढाउछ । लसुनले मधुमेह रोगीहरुको लागी विशेष गरी लाभदायक हुन्छ । हाम्रो देशमा लाखौँ मानिसहरु मधुमेहबाट पीडित छन्।

मधुमेह यस्तो रोग हो जुन शरीरमा हुने असन्तुलको कारण हुने गर्दछ । मधुमेहको बिरामीले आफ्नो आहारमा विशेष ध्यान दिनु पर्ने हुन्छ । किनभने हामीले खाने खानाबाट नै शरीरमा चिनीको मात्रा घट-बढ हुने गर्दछ । प्रसिद्ध आयुर्वेदिक डाक्टर अबरार मुल्तानी भन्छन कि यदि तपाई मधुमेहको रोगी हुनुहुन्छ भने लसुनबाट विभिन्न फाईदा लिन सक्नु हुन्छ। लसुन धरै गुणले भरिपुर्ण राहेको छ । लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै लसुनमा पाइने पोषक तत्वले शरिरमा आएको विभिन्न समस्याको समाधान गर्न मद्दत गर्छ ।

लसुनको यस तरिकाबाट गर्नुहोस् प्रयोग

-सबैभन्दा पहिले १०० ग्राम लसुनको रसमा प्याजको रस र कागतीको रसलाई राम्रो सँग मिसाउनु होस् ।

-यी सबै चीजहरु राम्ररी मिलाउनुहोस् र त्यसपछि यसलाई पकाउनुहोस् । यसरी पकाई सकेपछी यसमा मह पनि ठिक मात्रामा मिसाउनु होस् ।

-यसरी बनेको पाकलाई दैनिक रुपमा एक चम्चाको सेवन शरीरमा चीनीको मात्रा नियन्त्रण गर्दछ।

यसरी सेवन गर्नाले मुटु सम्बन्धि समस्याबाट पनि छुट्कारा पाउन सक्नु हुनेछ ।

दैनिक रुपमा खानुहोस् लसुनको २ पोटि
आयुर्वेदिक डाक्टरको अनुसार दैनिक २ देखि ३ पोटि काचो लसुनको सेवनले मधुमेहको बिरामीहरुको लागि निकै फाईदा पुर्याउछ ।

तपाई अधिक गर्मि महसुस गर्दै हुनुन्छ भने राति सुत्ने समयमा सलुनलाई पानीमा भिजाएर रख्दिनुहोस् र यसरी भिजाएको पानीलाई बिहानको समयमा सेवन गर्नुहोस् । यसरी सेवन गर्नाले शरीरमा चिनीको मात्रा नियन्त्रण हुन्छ।

प्रकाशित : आइतबार, पुष २५, २०७८२२:१४

यति धरै फाइदा पुर्याउछ अण्डाको बोक्राले, नफल्नुहोस् यसरी प्रयोग गर्नुहोस्!