काठमाडौँ : शनि अहिले मकर राशिमा गोचर गर्दैछ। बृहस्पतिपछि २९ अप्रिलमा शनिले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। यद्यपि सन् २०२२ जुलाई १२ मा शनि वक्री भएर मकर राशिमा प्रवेश गर्नेछ। शनि ग्रह हरेक अढाई वर्षको अन्तरालमा एक राशिबाट अर्को राशिमा जानेछ।
हाल शनि मकर राशिमा भएकाले सन् २०२१ मा धनु, मकर र कुम्भ यी तीन राशिमा शनिको साढेसाती चलिरहेको थियो जबकि मिथुन र तुला राशिमा ढैय्या चलिरहेको थियो। सन् २०२२ अप्रिल २९ मा यिनले ढैय्याबाट मुक्ति पाउनेछन्।
१७ जनवरी २०२३ बाट शनि मार्गी हुँदा तुला र मिथुन राशिबाट पूर्ण रुपमा ढैय्या प्रभाव हट्नेछ। तुला राशिमा शनिको ढैय्या २४ जनवरी २०२० देखि चलिरहेको छ। यो वर्ष २०२२ मा मीनमा साढेसाती प्रारम्भ हुनेछ जबकि कर्कट र वृश्चिक राशिमा ढैय्या प्रारम्भ हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
शनि ग्रह आउँदो वर्ष २९ अप्रिल २०२२ मा शनि ग्रहले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। त्यतिबेला धुन राशिका जातकले शनिको साढेसातीबाट राहत पाउनेछन्। १२ जुलाई २०२२ मा शनि वक्री भएर फेरि मकर राशिमा प्रवेश गर्नेछ। त्यसपछि १७ जनवरी २०२३ मा धनु राशिका जातकले शनिको साढेसातीबाट पूर्ण रुपमा मुक्ति पाउनेछ र मिथुन राशिका जातकले पनि ढैय्याबाट छुटकारा पाउनेछन्। तपाईका लागि शनिको मिश्रित प्रभाव रहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका जातकमा २६ जनवरी २०१७ बाट साढेसाती सुरु भएको थियो। यो २९ मार्च २०२५ मा समाप्त हुनेछ। गत वर्षदेखि शनि मकर राशिमा गोचर गरिरहेको छ। यस राशिमा शनिको साढेसाती दोस्रो चरणमा चलिरहेको छ। यस्तो अवस्थामा यस राशिका जातकले निकै सावधानी र सतर्कता अपनाउनुपर्छ। शनिको प्रकोपले धन-सम्पत्ति, पारिवारिक समस्या बढ्न सक्छ। तपाईले कसैबाट धोका पाउनुहुनेछ या तपाईका सम्पूर्ण काम असफल हुन् सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिमा शनिको साढेसाती २४ जनवरी २०२० बाट सुरु भएको थियो। यसबाट मुक्ति ३ जुन २०२७ मा पाउनेछन्। तर शनिको महादशाबाट कुम्भ राशिलाई २३ फेब्रुअरी २०२८ मा शनि मार्गी हुँदा छुटकारा पाउँछ। यानि कुम्भ राशिका जातकले २३ फेब्रुअरी २०२८ मा शनिको साढेसातीबाट निजात पाउनेछन्। तपाईको कर्म राम्रो भए शनि तपाईको लागि लाभदायक साबित हुन सक्छ।
१. धनु राशि – अन्तिम चरण (सामान्यत: शुभ)
२. मकर- मध्यम चरण (सामान्यत: मध्यम)
३.कुम्भ – प्रथम चरण (सामान्यत: अशुभ)

