पीएसजीको मास्टर-प्लान: एम्बाप्पे गए, सालाह माथि हमला गर्ने !

प्रिमियर लिगका पूर्व स्ट्राइकर केभिन क्याम्पबेलले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आउँदो समरमा लिभरपुलका स्टार मोहम्मद सलाहको हस्ताक्षर सुरक्षित गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

रेड्ससँग इजिप्टियन स्टार खेलाडीको सम्झौता २०२३ को समरमा समाप्त हुनेछ। यद्यपि, किलियन एमबाप्पेले यस समरमा रियल म्याड्रिडका लागि फ्रेन्च क्लब छोडे भने, लिग १ दिग्गजहरू सालाहलाई पेरिस ल्याउने सोचमा रहेका छन्। स्थानान्तरण विशेषज्ञ फाब्रिजियो रोमानोले एनफिल्ड वाचमा खुलासा गरेका थिए कि पीएसजीले गत समरमा लियोनल मेस्सीलाई अनुबन्ध गर्नु अघि सालाहलाई अनुबन्ध गर्न प्रयास गरेको थियो।

यस्तोमा क्याम्पबेल विश्वस्त छन् कि इजिप्टियन किंग समरमा पेरिस प्रस्थान गर्ने ‘वास्तविक सम्भावना’ रहेको छ। फुटबल इनसाइडरसँग कुरा गर्दै, पूर्व एभर्टन स्ट्राइकरले यस सन्दर्भमा भने: “सालाह सूचीको शीर्ष हुन सक्छ। यो एक वास्तविक सम्भावना हो। लिभरपुलमा वार्ताले धेरै समय लिइरहेको छ। उनीहरूले अन्य टोलीहरूलाई सालाहलाई आफ्नो बनाउने मौका दिइरहेका छन्। उनीहरुले सलाहको ढोका खोलिरहेका छन्। यसलाई जतिसक्दो चाँडो मिलाउनुपर्छ। पीएसजीले सलाह जस्ता गोल गर्न सक्ने खेलाडी चासो देखाउने छ। कसले देखाउँदैन होला र ?”

उनले थपे, “यदि एम्बाप्पेले क्लब छाडे भने पीएसजीले एम्बाप्पेले गर्ने गोलको विकल्प खोज्नेछ। विश्व फुटबलमा त्यसो गर्न सक्ने धेरै खेलाडी छैनन् तर सालह पक्कै पनि ती मध्ये एक हुन्।”

प्रकाशित : सोमबार, पुष २६, २०७८१५:५५

:बुढा रोनाल्डोका दिन अब गए, रहेनन् पहिला जस्ता खेलाडी”