हिजो घटेको सुनको मूल्य आज बढ्यो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन स्थिर रहेर दोस्रो दिन घटेको सुनको मूल्य आज मंगलबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार १ ​सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। चाँदी आज १ हजार २ सय ३० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८११:०३

मूल्य निर्धारणपछि धान बेच्ने भीड, निजीस्तरका व्यापारीभन्दा यति धेरै दिन थालियो !