रियल विरुद्ध बार्सिलोनाको टोली बलियो हुँदै, म्याड्रिडको ब्याण्ड बजाउला त ?

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट यसै विन्टरमा बार्सिलोनामा अनुबन्ध भएका स्पेनिस फरवार्ड फेरान टोरेस क्लबमा आधिकारिक रुपमा दर्ता भएका छन् ।

यससँगै टोरेसले साउदी अरेबियामा हुने स्पेनिस सुपर कपमा रियल म्याड्रिडविरुद्ध खेल्ने सम्भावना बलियो बनेको छ । उनी कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

बार्सिलोनाले सार्वजनिक गरेकै दिन टोरेसलाई कोरोना पुष्टि भएको थियो । टोरेसले चोटका कारण गत सेप्टेम्बरदेखि खेलेका छैनन् । बार्सिलोनाले बुधबार साउदी अरेबियामा स्पेनिस सुपर कोपाको पहिलो सेमिफाइनलमा ‘इएल क्लासिको’ रियलविरुद्ध खेल्दैछ । टोरेससँगै पेड्री पनि कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

फाइनान्सियल फेयर प्ले प्रतिबन्धका कारण बार्सिलोनाले टोरेसलाई दर्ता गर्न सकेको थिएन । स्यामुयल उम्टिटीले आफ्नो पारिश्रमिक कटौती गर्दै सन् २०२६ सम्म सम्झौता नविकरण र फिलिपे कौटिन्हो लोनमा एस्टन भिल्ला पुगेपछि बार्सिलोनाले टोरेसलाई दर्ता गर्न सफल भएको हो ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले अन्सु फाती रियल म्याड्रिडविरुद्धको खेलमा फर्कने पुष्टि गरेका गरेका छन् । फ्रेन्की डि जोङ र रोनाल्ड एराउजो पनि साउदी अरेविया जानेछन् ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१२:५०

पीएसजीमा मेस्सीको चुरीफुरी बढ्दो, ६ महिनामा २ पटक प्रशिक्षकलाई दनक !