काठमाडौँ उपत्यकामा आज रातिबाट लागू हुने ‘स्मार्ट लकडाउन’ [१८ बुँदे आदेश सहित]

कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका तीन वटा प्रशासन कार्यालयले आज रातिबाट लागू हुने गरी सूचना जारी गरेको छ।

आज मंगलबार बसेको बैठकले पछिल्लो समय लगातार बढ्दै गएको संक्रमणलाई ध्यानमा राख्दै यसको नियन्त्रण, रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेको हो। मंगलबार जारी गरिएको आदेश आजै राति १२ बजेदेखि लागू हुने काठमाडौं प्रशासन कार्यालयले जारी दिएको छ। प्रशासनले १८ वटा बुँदा लामो आदेश जारी गरेको हो।

घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात हुनेलगायत स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आदेश दिइएको छ।

त्यस्तै, माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य समेत गरिएको जसमा मोबाइलमा फोटोमात्रै भएपनि हुने प्रशासनले जानकारी दिएको छ।

यस्तो छ पूरा १८ बुँदे आदेश:-

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१६:४५

आज पनि उच्च अङ्कले उकालो लाग्यो नेप्से, पाँच कम्पनीको शेयरमा सर्किट ! कुन-कुन ?