करियरकै कठिन मोडमा रामोस, यी दुई खेलाडी बन्दै चुनौती !

एजेन्सी – यो कुनै गोप्य छैन कि सर्जियो रामोसले पेरिस सेन्ट-जर्मेन(पिएसजी)मा जीवनको कठिन सुरुवात सहेका छन्। पिएसजी पुगेको कयौं महिना बितिसक्दा उनले अहिले सम्म मात्रै १ सय ३१ मिनेट खेलेका छन् भने एक रेड कार्ड बेहोरिसकेका छन्।

आइतबार राति पिएसजीले फ्रेन्च लिग वानमा लियोनको सामना गर्दा रामोस वैकल्पिक खेलाडीको सूचीमा त परे, तर मैदान प्रवेश गर्ने मौका भने पाएनन्। खेलपछि पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले रियल म्याड्रिडका पूर्व खेलाडी रामोस सधैं शुरुवाती ११ मा पर्छन् अथवा वैकल्पिक खेलाडीको रुपमा प्रवेह गर्छन् नै भन्ने नरहेको बताए।

क्लबमा धेरै प्रतिष्पर्धा रहेका कारण रामोसका लागि टोलीमा पर्न कठिन भइरहेको छ। त्यसलाई पोचेटिनोले पनि स्विकारे। आउने खेलहरुमा रामोसले मौका पाउन सक्ने पोचेटिनोको भनाई छ। उनले भने,”यहाँ धेरै प्रतिस्पर्धा छ। मलाई आशा छ कि [रामोस] ले आगामी खेलहरू खेल्न सक्नेछन्।”

रामोस यति बेला करियरकै कठिन अवस्थामा छन्। फुटबल टोलीमा स्थान बनाउन यति मिहिनेत उनले कहिले पनि गर्नु परेको थिएन। तर अब उनले अझ बढी मिहिनेत गर्नुपर्ने भएको छ। सन् २००४ मा सेभियाक लागि डेब्यू गरेयता रामोसले उत्कृष्ट लयमा रहेर प्रदर्शन गरेका थिए।

रामोसका लागि माक्विनहोस र [प्रेस्नेल] किम्पेम्बे धेरै नै ठूलो चुनौती बनिरहेका छन्। यी दुई खेलाडी पिएसजीको डिफेन्सलाई जसरी नियन्त्रण गरिरहेका छन्, त्यसले रामोसले मौका पाउने सम्भावनालाई साँघुरो बनाइदिएको छ। पिएसजी पुगेपछि सिजनको अधिकांश समय चोटका कारण मैदान बाहिर रहन बाध्य भएका उनले अब आउने समयमा माक्विनहोस र किम्पेम्बेलाई पछि पर्ने गरी प्रदर्शन गर्नुपर्नेछ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१७:२५

“रियल म्याड्रिडको ब्याण्ड कसरी बजाउनु पर्छ बार्सालाई थाहा छ”- पिके