‘माघे संक्रान्ति’ मा ग्रहचक्रमा बन्दै यस्तो खतरनाक योग, यी ४ राशिलाई अत्यन्त अशुभ !

ज्योतिषशास्त्रका अनुसार कुनै ग्रहको राशि परिवर्तन, योग र अस्त हुँदा त्यसको प्रत्यक्ष असर सबै १२ वटै राशिहरुमा पर्छ।  १४ जनावरीको दिन मकर संक्रान्तिको दिन सूर्य, शनि र बुधको त्रिग्रही योग बन्दै छ। यसको प्रत्यक्ष प्रभाव मेसबै १२ वटै राशिमा पर्नेछ।

मकर संक्रान्ति तथा माघे संक्रान्तिको दिन मकरमा विशेष त्रिग्रही योग बन्ने भएको छ। पहिल्यैदेखि शनि विराजमान रहेको मकर राशिमा जनावरी ५ पछि मकर राशिमा बुध पनि प्रवेश गरिसकेको छ। त्यस्तै, पुष महिनाको अन्तिम दिन सूर्य पनि मकर राशिमा प्रवेश गर्नेछ। शनि र सूर्यबीच शत्रुताको भाव रहन्छ, जसकारण ४ राशिमा नकारात्मक प्रभाव पर्ने देखिन्छ।

वृष राशि  

तपाईंको घर-परिवारको सुख-शान्तिमा कमी आउन सक्छ। बुबासँगको सम्बन्ध खराब हुनसक्छ, ध्यान दिनुहोला। वृष राशिको स्वामी ग्रह शुक्र हो। शुक्र र सूर्यबीच शत्रुताको भाव रहेको छ। यो गोचर अवधिमा तपाईंले विभिन्न प्रकारका समस्या तथा चुनौतीहरुको सामना गर्नुपर्नेछ। आर्थिक स्थिति पनि कमजोर हुने देखिन्छ।

मिथुन राशि 

तपाईंलाई स्वास्थ्यसँग सम्बन्धित समस्याले सताउन सक्छ। लामो यात्रामा जाने अवसर प्राप्त हुनेछ। मिथुन राशिको स्वामी ग्रह बुध देव हो। बुध र शनिबीच शत्रुताको भाव रहन्छ। यसकारण पनि जीवनसाथीसँगको सम्बन्धमा समस्या पैदा हुनसक्छ, मनमुटावको स्थिति उतपन्न होला।

कन्या राशि   

कन्या राशिका मानिसले यो समयमा आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्नेछ। सवारी साधनको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। मातापिताको स्वास्थ्य तपाईंको चिन्ताको विषय बन्नसक्छ। मानसिक तनाव बढ्नेछ। विद्यार्थीवर्गहरुलाई पढाईमा ध्यान दिन कठिनाई हुन्छ।

धनु राशि   

यो समय धनु राशिका जातकहरुका लागि त्यति अनुकूल नरहला। परिवारमा तनावको स्थति सिर्जना हुँदा मन चिन्तित रहला। धन सञ्चय गर्न यो समय तपाईंलाई निकै कठिन हुनसक्छ। आर्थिक सङ्कटले सताउन सक्छ। पारिवारिक जीवन तनावपूर्ण रहनेछ। आफ्नो र परिवारका सदस्यको स्वास्थ्यको विशेष ख्याल राख्नु पर्ने देखिन्छ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१७:१९

पर्सीबाट वक्री अवस्थामा बुध, यी ४ राशिलाई अत्यन्त अशुभ !