पुन: आकाशियो सुनको भाउ, एक हप्ता यता कै महँगो भयो !

लगातारको ओरालो यात्रापछि सुनको भाउ फेरी उकालो लाग्न सुरु भएको छ। हप्ताको पहिलो दिन स्थिर रहेर सोमबार र मंगलबार क्रमश: ओरालो र उकालो लागेको सुनको मूल्यमा बुधबार पनि ४ सय रुपैयाँको वृद्धि आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य बिहिबारको तुलनामा ४ सयले बढेको छ। जससँगै आज नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ९२ हजार कायम भएको छ। मंगलबार भने छापावाला सुन तोलाको ९१ हजार ६ सयमा किनबेच भएको थियो।

त्यस्तै, अआजा तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले नै बढेको छ। सोमबारको तुलनामा तुलनामा मंगलबार ३ सय रुपैयाँले बढेर तोलाको ९१ हजार १ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ४ सयले घटेर तोलाको ९१ हजार ५ सयमा कारोबार भइरहेको छ।

चाँदीको भाउ पनि बढ्यो

बुधबार चाँदीको भाउ पनि बढेको छ। मंगलबार १२ सय ३० मा किनबेच भएको चाँदी बुधबार ५ रुपैयाँले बढेर १२ सय ३५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१०:५६

हप्ताको पहिलो दिन नै नेप्से राताम्मे, यी कम्पनीका लगानीकर्ता डुबे !