“रोनाल्डो जस्तो खेलाडी कोहि देखेको छैन: टिममेटले गोल गर्दा खुसी हुँदैनन्, आफैंले गोल गर्न पर्छ”

जेर्जी डुडेकले आफ्नो रियल म्याड्रिडका पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो स्वभावले “आत्म केन्द्रित” भएको र जित्ने ठूलो चाहना भएको खेलाडी रोनाल्डो रहेको बताएका छन्।

डुडेकका अनुसार ५ पटकका ब्यालोन डी ओर स्टार खेलाडी आफूले गोल नगरी ५-० ले जीत हात पार्नु भन्दा आफ्नै गोलले १-० ले जीत हात पार्दा सन्तुष्ट हुने खुलासा गरेका छन्। तर, ४८ वर्षीया रोनाल्डो सामान्य व्यक्ति भएको तर उनलाई बाहिरबाट किन फरक रूपमा हेरिन्छ भन्ने कुरा बुझेको दाबी गर्छन्। लिभरपुलका पूर्व गोलकिपरले रोनाल्डोलाई राउलसँग तुलना गरेका छन्। उनले भने, “राउल एक साँच्चै घमण्डी चरित्र थिए, तर समग्रमा उनी एक सामान्य व्यक्ति नै थिए। अर्कोतर्फ, क्रिस्टियानो रोनाल्डो, धेरै आत्मकेन्द्रित छन् तर जित्ने ठूलो इच्छा छ। म पक्का छु कि उनले आफूले गोल गरेर १-० ले जित्दा खुसी हुन्छन् न कि आफूले गोल नगरी ५-० ले जीत हात पार्न चाहन्छन्। पर्दा पछाडी उनी पनि एक सामान्य व्यक्ति नै हुन्। तर म बुझ्छु कि उनलाई मानिसले बाहिरबाट फरक रूपमा बुझ्छन्।”

जेर्जी डुडेकले लिभरपुलमा आफ्नो सफल कार्यकाल पछि रियल म्याड्रिडमा चार सिजन बिताए। यद्यपि, पोलिश शट-स्टपरलाई सधैं इकर क्यासिलासको ब्याकअपको रूपमा हेरिएको थियो। सन् २०११ मा खेल जगतबाट सन्यास लिनुअघि डुडेकले लस ब्लान्कोसका लागि १२ खेल मात्र खेलेका थिए।

क्रिस्टियानो रोनाल्डो तत्कालीन विश्व कीर्तिमान ८० मिलियन शुल्कमा क्लबमा आइपुग्दा ४८ वर्षीय गोलकिपर रियल म्याड्रिड टोलीमा थिए। रोनाल्डो हाल रियल मड्रिडका कीर्तिमानी गोलकर्ता हुन्। ३६ वर्षीय फरवार्डले लस ब्लान्कोसका लागि सबै प्रतियोगितामा ४३८ खेलमा ४५० गोल गरेका छन्। जसपछि पोर्चुगिज सुपरस्टारले २०१८ मा सेरी ए दिग्गज युभेन्टसमा सामेल हुन क्लब छोड्ने निर्णय गरेका थिए।

प्रकाशित : बुधबार, पुष २८, २०७८११:१६

“मेस्सी हेर्दा मात्र सोजो हुन्, भित्रबाट निकै असभ्य र एक नम्बरको बाङ्गो मान्छे रहेछन्”