बार्सिलोना आउँदै ओस्कार ?

एजेन्सी – विन्टर ट्रान्सफरमा व्यस्त रहेको क्याटलान क्लब बार्सिलोनासँग ब्राजिली मिडफिल्डर ओस्कार डोस सान्तोष जोडिएका छन् ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आगामी प्राथमिकतामा उनलाई राखेको विभिन्न रिपोर्टहरूको दाबी छ । तथापि, यसबारे क्लब र खेलाडीको आधिकारिक धारणा भने आइसकेको छैन । बार्सिलोनाले प्राथमिकतामा सेन्टर फरवार्ड रहेपनि ओस्कार एक उत्कृष्ट प्ले मेकर हो ।

३० वर्षीय ओस्कारलाई चिनिया सुपर लिग क्लब सांघाई एसआइपिजीबाट खेलिरहेका छन् । उनी युरोपियन फुटबलमा फर्कन चाहेको बुझिएको छ । सन् २०२४ सम्म सांघाईसँग सम्झौता रहेको ओस्कार हाल विश्व फुटबलमा सबैभन्दा बढी कमाउने पाँचौ फुटबल खेलाडी हुन् ।

ओस्कार सन् २०१७ मा इंग्लिस क्लब चेल्सीबाट ६ करोड युरोपमा चिनिया क्लब सांघाईमा पुगेका थिए । युरोपियन फुटबलमा फर्कनको लागि ओस्कारले आफ्नो पारिश्रमिक घटाउन चाहेका छन् । बार्सिलोनामा आबद्ध भए उनी २०१७ पछि युरोपियन फुटबलमा फर्कनेछ ।

चेल्सीमा रहँदा उनले दुई प्रिमियर लिगको उापधि जितेका थिए । ओस्कारले चिनिया सुपर लिग र एक सुपर कप जितेका छन् । उनले ब्राजिलका लागि ४८ खेल खेल्दा १२ गोल गरेका छन् ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१२:५२

एकाएक मौसम बदलिने संकेत ! के होला ? यसो भन्छन् मौसमविद् !