हालाण्डको छिट्टै टुंगो लगाउने तयारीमा डर्टमण्ड, एक हप्ता भित्रै वृहत छलफल हुने !

एजेन्सी – नर्वेली युवा स्टार स्ट्राइकर एर्लिङ हालाण्डको भविष्य बोरुसिया डर्टमण्डका लागि अत्यावश्यक विषय बनिरहेको छ। डर्टमण्डले हालाण्डको भविष्यको सक्दो छिटो टुंगो लगाउने तयारी गरिरहेको छ।

युरोपका धेरै जस्ता ठूला क्लबहरु हालाण्डलाई भित्र्याउन चाहन्छन्। त्यसको लागि धेरै जस्ता क्लबहरुले आ-आफ्नो स्थानबाट तयारी शुरु गरिसकेका छन्। हालाण्डलाई किन्न धेरै क्लबहरु तयार रहेको अवस्थामा डर्टमण्डले सक्दो छिटो यस बारे निर्णय गर्न चाहेको छ।

यसै बीच डर्टमण्डले हालाण्डको भविष्यलाई लिएर एजेन्ट मिनो राइओला तथा हालाण्डका पिता अल्फ-इन्जेसँग छलफल गर्ने भएको छ। हालाण्डको भविष्यको टुंगो लगाउनको लागि डर्टमण्डले राइओला र अल्फ-इन्जेसँग संयुक्त छलफलको तयारी गरेको हो। छलफल आउने केहि हप्ता भित्रै हुने जर्मन मिडियाहरुको दावी छ। सम्भव भएको खण्डमा छलफल आउने एक हप्ता भित्रै हुन सक्नेछ।

जर्मन क्लबसँग स्ट्राइकरको हालको सम्झौता सन् २०२४ सम्मको लागि छ। यस सिजनको अन्त्यसँगै सम्झौतामा रहेको रिलिज क्लज सक्रिय हुनेछ। रिलिज क्लजका अनुसार हालाण्डलाई भित्र्याउन चाहने क्लबले ७५ मिलियन युरो तिर्नुपर्नेछ। रिलिज क्लज रकम तिर्न युरोपका धेरै जस्ता ठूला क्लब तयार छन्।

हालाण्डले आफ्नो भविष्य बारे यहि महिनाको अन्त्य सम्म निर्णय गरिसक्ने बताइन्छ। डर्टमण्ड पक्षले हालाण्डलाई क्लबमा रहने कि छाड्ने भन्ने बारे जनवरी भित्रै निर्णय गर्न भनिसकेको छ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१५:०१

यस्तो सूचीमा युरोपकै सबैभन्दा खराब स्ट्राइकर रहेछन् रोनाल्डो, अन्तिम स्थानमा परे !