दैनिक एक हजारको दरले बढ्दै कोरोना संक्रमित, उपत्यका उच्च जोखिममा !

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकै दिन ३ हजार भन्दा माथि संक्रमित सङ्ख्या देखिएको यो लामो समयपछि हो।

पछिल्लो २४ घण्टामा कुल १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएकोमा पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, बुधबार २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यसका साथै, हाल देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। जससँगै कोरोना भाइरसका कारण देशभर हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ९ जना पुगेका छन्।

उपत्यकामा १४९८ जना संक्रमित 

काठमाडौं उपत्यकामा एक हजार ४९८ संक्रमित थपिएका छन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन्।

प्रकाशित : बुधबार, पुष २८, २०७८१६:४८

धेरै नै छिटो फैलिन्छ ओमिक्रोन, एक जनाबाटै सर्छ १० जनामा !