बार्सिलोना भर्सेस रियल म्याड्रिड: के छ जाभीको इतिहाँस ? जित निकाल्न सक्लान् ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आज राति रियल म्याड्रिडको सामना गर्दैछ। स्पेनिस सुपर कपको पहिलो सेमिफाइनलमा बार्सिलोनाले रियल म्याड्रिडको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साउदी अरवको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा राति १२ः४५ बजे हुनेछ।

आज हुने खेल दुवैका लागि महत्वपूर्ण हुनेछ। दुई लेगमा हुने सेमिफाइनलबाट अगाडी बढ्नको लागि आजको खेलमा जित निकाल्ने पक्षमा दुवै टोली हुनेछन्। आजको खेलमा विजयी हुने टोली फाइनल पुग्न सक्ने सम्भावना बढ्नेछ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजका लागि आजको खेल धेरै नै विशेष हुनेछ। खेलाडीको रुपमा रियल म्याड्रिडको सामना गरिसकेका जाभीले प्रशिक्षकको रुपमा पहिलो पटक रियलको सामना गर्नेछन्।

के छ जाभीको रेकर्ड ?

जाभीले बार्सिलोनाबाट खेल्दा रियल म्याड्रिडको कुल ४२ पटक सामना गरेका छन्। त्यसमा उनले १७ खेलमा जित चाखेका थिए भने १३ खेलमा हार बेहोरेका थिए। त्यस्तै १२ खेलमा भने बराबरी खेलेको रेकर्ड छ।

जारी सिजनमा रियल उच्च लयमा छ। लालिगामा रियल बार्सिलोना भन्दा १७ अंकले अगाडी छ। लिगको शिर्ष स्थानमा रहेको रियलले ४९ अंक बटुल्दा एक कम खेलेको बार्सिलोनाले ३२ अंक बनाएको छ।

रियल म्याड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई पराजित गरेको थियो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियल २-१ ले जित निकाल्न सफल भएको थियो।

प्रकाशित : बुधबार, पुष २८, २०७८१७:०९

यी पूर्व खेलाडी भन्छन्-‘रोनाल्डोलाई युनाइटेडबाट धक्का मारेर लखेट्नु पर्छ, बिना कामको खेलाडी’