बार्सिलोनाको केहि लागेन, एल क्लासिकोमा बार्सिलोना फेरी पराजित !

एजेन्सी – खेलमा तीनपटक अग्रता लिदै सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेका छन् । रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरे । रियलले खेलमा तीनपटक अग्रता लिदै जित निकाल्न सफल भएको हो ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता बनाएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

४१औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । औसमाने डेम्बेलेको क्रसलाई इडर मिलिसाओको कमजोर क्लिअरेन्स लुकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

७२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा अघि बढाए । फर्लान्ड मेन्डीको क्रसलाई बेन्जेमाले नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले पञ्च गरेको फालेपनि ड्यानी कार्भाजलले दिएको क्रस गोलरक्षकले पुन पञ्च गरेको बललाई बेन्जेमाले वान टचमा जाली चुमाएका थिए ।

८३औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए । अतिरिक्त समयको आठौं मिनेट अर्थात ९८औं मिनेटमा सब्सिच्युट मिडफिल्डर फेडे भोल्भेर्डेको गोलबाट रियलले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।

८३औं मिनेटमा लुका मोड्रिचको स्थानमा मैदान छिरेका फेडेले ६८औं मिनेटमा मार्काे एसेन्सियोको स्थानमा मैदान छिरेका रोड्रिगोको पासमा रोड्रिगोको क्रसलाई भिनि र बेन्जेमाले छोडेको बलमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले जित निकाल्न सफल भयो । रियलले सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सिलोनालाई उसकै मैदानमा २–१ को जित निकालेको थियो ।

यो जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनासँग लगातार ६ खेलसम्म अपराजित रहन सफल भएको छ । रियल ३ मार्च २०१९ मा घरेलु मैदानमा १–० ले पराजित भएयता बार्सिलोनासँग अपराजित छ ।

अब रियलले उपाधिका लागि १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ । यो खेल आज राति हुँदैछ ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८०९:०५

युभेन्ट्सलाई पाखा लगाएर इन्टर मिलान बन्यो सुपर कप च्याम्पियन