युभेन्ट्सलाई पाखा लगाएर इन्टर मिलान बन्यो सुपर कप च्याम्पियन

एजेन्सी – युभेन्ट्ससँग एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ ।मिलानोमा घरेलु टोली इन्टरले युभेन्ट्समाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरे । युभेन्ट्सका वेस्टन म्याकेनीको गोल सान्त्वना बन्यो । खेलको २५औं मिनेटमा वेस्टनको गोलबाट युभेन्ट्सले खेलमा १–० को अग्रता बनाएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।

३५औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इभान पेरिसिसको चलाखीपुर्ण ब्याकहिल पासमा इडेन जेकोलाई डि स्किजलियोले लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो ।

त्यसपपछि निर्धारित समयमा गोल निस्कन नसकदा खेल अतिरित्त समयमा लम्बिएको थियो । ट्राइब्रेकतर्फ धकेलिएको खेलेकोअतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट फरवार्ड एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए । ७५औं मिनेटमा मार्टिनेजको स्थानमा मैदान छिरेका उनले माटियो डारमेनको पासमा गोल गरेका थिए ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८०९:१५

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा