लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेर सोमबार घटेपछि बढ्न थालेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार स्थिर रहेको थियो भने सोमबार ३ सय रुपैंयाँले घटेको थियो। त्यस्तै मंगलबार भने सुनको मूल्य ३ सय रुपैंयाँले बढ्दा बुधबार ४ सय रुपैंयाँले बढेको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ। चाँदी आज १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१०:५८

माघीमा तीन दिन सार्वजनिक बिदाको माग !