क्रिस्टियानो रोनाल्डोले राल्फ राङ्गनिकलाई म्यानचेस्टर युनाइटेडमा सफल हुनको लागि समर्थन गरेका छन् र अन्तरिम प्रशिक्षकलाई आफ्ना सिद्धान्त लागू गर्न केहि समय चाहिने बताएका छन्।
ओले गुन्नार सोल्स्कजायरलाई नोभेम्बरमा बर्खास्त गरेपछि राङ्गनिकले पदभार ग्रहण गरे। जर्मन प्रशिक्षकले सल्लाहकारको भूमिकामा सर्नु अघि सिजनको अन्त्यसम्म युनाइटेडको नेतृत्व गर्ने भएका छन्। युनाइटेडको नतिजा राङ्गनिकको नेतृत्वमा सुधार भएको छ, यद्यपि रेड डेभिल्सले पूर्व लाईपजिंग प्रशिक्षकको अन्डरमा अझ उत्कृष्ट प्रदर्शन भने गर्न सकेको छैन।
रोनाल्डोले स्काई स्पोर्ट्सलाई भने, “पाँच हप्ता अघि आएपछि उनले धेरै कुरा परिवर्तन गरका छन्। तर उन्लैई आफ्नो प्रष्ट विचार खेलाडीहरु सम्म पुर्याउन अझ केहि समय चाहिन्छ। यसले समय लिन्छ तर मलाई विश्वास छ कि उनले राम्रो काम गर्न गइरहेका छन्। हामीलाई थाहा छ हामी उत्कृष्ट फुटबल खेलिरहेका छैनौं तर हामीसँग सुधार गर्न धेरै खेलहरू छन्।”
“उनी आएदेखि मलाई लाग्छ कि हामी केही बिन्दुहरूमा राम्रो भएका छौं, तर उनलाई समय चाहिन्छ। खेलाडीहरूको मानसिकता र उनीहरूको खेल्ने तरिका, संस्कृति, प्रणाली परिवर्तन गर्न त्यति सजिलो छैन। मलाई विश्वास छ कि उनले राम्रो काम गर्नेछन्,” ५ पटकका बालोन डी ओर विजेताले भने।
युनाइटेडले राङ्गनिकको नेतृत्वमा सबै प्रतियोगितामा सात खेल खेलेको छ, जसमा चार जित, दुई बराबरी र एकमा हार बेहोरेको छ। ती खेलहरूमा क्लबको डिफेन्स बलियो थियो, केवल तीन गोल खाए, तर युनाइटेडले त्यस समयमा मात्र आठ गोल गरेको थियो।

