माघे संक्रान्तिको दिन भुलेर पनि नगर्नुहोस् यस्ता ३ कार्य, पापको भोगी भइएला !

भोलि पुष ३० गतेबाट सूर्य धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नेछन् । सूर्यको यो राशि परिवर्तनलाई माघे संक्रान्तिको रूपमा मनाइन्छ। तर तिथि अनुसार यस वर्ष माघे संक्रान्ति पुष ३० र माघ १ गते दुवै दिन मनाइने भएको छ । माघे संक्रान्तिको दिन नुहाउने, दान गर्ने, तिल-सखरको खिचडी लगायतका परिकारको सेवन गर्ने विशेष चलन रहेको छ । तर यस दिन कुनै विशेष काम गर्न निषेध गरिएको छ।

माघे संक्रान्तिको दिन भुलेर पनि नगर्नुहोस् यस्ता कार्य

माघे संक्रन्तिको दिन भुलेर पनि तामसिक भोजन लसुन, प्याज र मधिराको सेवन गर्नु हुँदैन । माघे संक्रान्तिलाई धेरै पवित्र पर्व मानिन्छ । यस दिन मानिसहरू पवित्र नदीहरूमा स्नान गर्छन्। यस दिन मदिरा र मांसाहारी सेवनले पापको भागि बनाउँछ र पीडा दिन्छ।

मकर संक्रान्तिको दिन दान गर्नुको ठूलो महत्त्व हुन्छ । विशेष गरी तिल-सखर, खिचडी दान गर्नुपर्छ। यस दिन घर अगाडि भिक्षु आयो भने गल्तीले पनि खाली हात नफर्काउनु हुँदैन । यसो गर्दा धन हानि हुन्छ । यदि सम्भव छ भने, आफ्नो राशिफल अनुसार दान गर्नुहोस्। यसका कारण ग्रहहरूले शुभ फल दिनेछ । कालो तिल र सखर दान गर्नाले शनिदेव र सूर्यदेवको आशीर्वाद मिल्नेछ ।

माघे संक्रान्तिको दिन स्नान र दान नगरी भोजन नगर्नुहोस्। स्नान गर्नको लागि नुहाउने पानीमा पवित्र गंगाको जल मिलाउनुहोस्।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१७:११

ग्रहचक्रमा सन् १९९३ पछि जुर्दै विशेष संयोग, यी राशिको चम्किनेछ भाग्य !