रियलसँग हारेपछि पनि खुशी देखिए जाभी, जे भने सबै चकित परे !

एजेन्सी – बुधबार राति सन् २०२२ को पहिलो एल क्लासिकोमा बार्सिलोनालाई रियल म्याड्रिडले पराजित गर्यो। स्पेनिस सुपर कपको सेमिफाइनलमा भएको खेलमा दुवै टोलीले एक अर्कालाई राम्रो टक्कर दिएका थिए।

बार्सिलोनाले बलमा रियल म्याड्रिड भन्दा राम्रो पकड बनाएपनि जित निकाल्न भने सकेन। बलमा बार्सिलोनाको ५४ प्रतिशत पकड थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल २० प्रहार भएका थिए। जसमा ६ प्रहार टार्गेटमा थिए। त्यस्तै रियल म्याड्रिडबाट भने मात्रै १४ प्रहार भएका थिए। तर त्यसमध्ये ८ प्रहार टार्गेटमा थिए।

निकै नै प्रतिष्पर्धात्मक भएको खेलमा बार्सिलोनाले रियललाई जित निकाल्न धेरै नै कठिन बनाएको थियो। रियलले जित निकाल्न अतिरिक्त समय सम्मै मिहिनेत गर्न परेको थियो। हारेपनि खेललाई लिएर बार्सिलोनाका प्रशिक्षक केहि सन्तुष्ट देखिए।

बार्सिलोना प्रशिक्षक जाभी हर्नान्देजले खेल र प्रभुत्वको मामलामा बार्सिलोनाले धेरै राम्रो खेलेको बताए। खेल पछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले हाल सबै भन्दा राम्रो लयमा रहेको टोली विरुद्ध आफूहरुले सन्तुलित खेल खेलेको दावी गरे।

“मलाई लाग्छ हामी वर्चस्वका हिसाबले म्याड्रिडभन्दा राम्रो थियौं। हामीले हाम्रो खेल देखायौं। हामीले धेरै जोखिमहरु उठायौं। हामीले उत्कृष्ट फर्ममा रहेको टोलीसँग राम्रो प्रतिस्पर्धा गर्यौं।”,जाभीले खेलपछि भने।

त्यसक्रममा बार्सिलोनाको टोली राम्रो बाटोमा रहेको दावी गर्न पनि बाँकी राखेनन्। बार्सिलोनाको टोली अगाडी बढ्ने विश्वास जाभीको छ। उनले भने,”हामीले प्रतिस्पर्धा गरेका छौं, र यो गर्व गर्न लायक छ। हामी सही ट्र्याकमा छौं र यो नतिजाको हिसाबले होइन भावना र खेलको हिसाबमा हो।”

प्रकाशित : बिहिबार, पुष २९, २०७८१७:२४

रोनाल्डो भन्छन् – ‘म हार्न र छैटौं वा सातौं हुन युनाइटेड आएको होइन’