रोनाल्डो भन्छन् – ‘म हार्न र छैटौं वा सातौं हुन युनाइटेड आएको होइन’

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युनाइटेडको पुनर्निर्माणमा केही समय लाग्न सक्ने बताएका छन्। स्काई स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा रोनाल्डोले युनाइटेको पुनर्निर्माणमा केहि समय लाग्ने बताएका हुन्।

युनाइटेडमा देखिएको समस्याको समाधान गर्नको लागि नवनियुक्त प्रशिक्षक राल्फ राङ्गनिकलाई समय दिइनु पर्ने बताए। आएको पाँच हप्तामै राल्फ राङ्गनिकले क्लबमा धेरै परिवर्तनको संकेत देखाइसकेको रोनाल्डोको भनाई छ।

“राङ्गनिक आएको पाँच हप्ता मात्र भएको छ। तर पनि धेरै चीजहरू परिवर्तन भएका छन्। उनलाई समयको आवश्यकता छ। समय दिने हो भने उनले आफ्नो विचार खेलाडी माझ पुर्याउन सक्छन्।”,रोनाल्डोले भने। राङ्गनिकले आफ्नो काम राम्रोसँग गर्ने रोनाल्डोको विश्वास छ। अहिले आफूहरुले उत्कृष्ट फुटबल खिलिनरहेको भएपनि सुधार गर्न धेरै खेल बाँकी रहेको रोनाल्डोले बताए।

त्यस्तै रोनाल्डोले आफू छैटौं वा सातौं हुन युनाइटेड नआएको पनि स्पष्ट पारेका छन्। आफू प्रतिष्पर्धा गर्न र जित युनाइटेड आएको रोनाल्डोको भनाई छ। उनी भन्छन्,”म यहाँ छैटौं, सातौं वा पाँचौं स्थानमा हुन म यहाँ आएको होइन। म यहाँ प्रतिष्पर्धा गर्न र जित आएको हुँ।”

स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा रोनाल्डोले राम्रो टीम निर्माणका लागि खराब चीजहरुलाई नष्ट गर्न आवश्यक रहेको पनि बताए। नयाँ वर्ष युनाइटेडका लागि राम्रो हुन सक्नेमा रोनाल्डो आशावादी समेत छन्। म्यानचेस्टर युनाइटेड फ्यानहरूले चाहेको स्तरमा हुन सक्ने उनको विश्वास छ।

“पक्कै पनि, नयाँ वर्षले नयाँ परिवर्तन ल्याउन सक्छ र हामी युनाइटेड फ्यानहरूले चाहेको स्तरमा खेल्न सक्छौं भन्ने आशा छ। हामी अहिले चीजहरू परिवर्तन गर्न सक्षम छौं। मलाई बाटो राम्रोसँग थाहा छ।”,रोनाल्डोले भने।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१९:०५

क्लोप भन्छन् – ‘सलाह पनि मेस्सी र रोनाल्डोकै स्तरमा हुनेछन्’