बलिउडका चर्चित दुई अभिनेता अभिनेत्री ऐश्वर्या र अभिषेक बलिउडका ती जोडीमध्ये एक हुन् जसले आफ्नो वैवाहिक जीवन राम्रोसँग सम्पन्न गरेका छन् । उनीहरुको विवाहलाई पनि बलिउडमा उदाहरणका रुपमा प्रस्तुत गरिएको छ । आजसम्म बलिउडमा धरै अभिनेता अभिनेत्रीले विवाह गरेर सम्बन्धलाई लामो समयसम्म टिकाउ सकेका छैनन् ।
सन २००७ मा ऐश्वर्या र अभिषेकले विवाह गरेका थिए । केही समयपछि ऐश्वर्याले छोरी आराध्यालाई जन्म दिइन् । विवाहको यति वर्ष बितिसक्दा पनि दुवै सम्बन्ध अहिलेसम्म कुनै पनि उतार चढाव आएको छैन । साथै विभिन्न कार्यक्रममा सँगै देखिने गरेका छन् । अभिनेता तथा अभिनेत्रीले दुवैले उनीहरुको विवाह र उनको एक अर्काको बारेमा खुलेर बताउने गरेका छन् ।
एक अन्तर्वार्तामा दुवैले विवाहपछि दुवैबिच धेरै झगडा हुने गरेको बताए । अभिषेकले ऐश्वर्यासँग झगडामा अन्त्यमा सधैँ आफूले माफी मागेको बताएका छन् । जब ऐश्वर्यालाई बिहेपछि उनीहरु बिच झगडा भयो कि भनेर सोधियो, ऐश्वर्याले भनिन्, ‘हामी दिनहुँ झगडा गर्दथ्यौं । ऐश्वर्याले यो झगडा नभई एक किसिमको असहमति भएको बताइन् । उनी थप भन्छिन् ‘यदि यी झगडाहरू नभएको भए हाम्रो वैवाहिक जीवन धरै बो-रिंग हुन्थ्यो।’
अभिषेकले थप भएका छन् । ‘हामीले एक नियम राखेका थियौँ । जब हामी बिचमा झगडा हुन्छ तब जसले पहिला माफी माग्छ उ पहिला सुत्न पाउँछ । त्यसैले सधैँ म पहिले माफी माग्ने गर्थे किनकि सधैँ मलाई पहिला निन्द्रा लाग्ने गर्थ्यो ।’ त्यसतै अन्तमा अभिनेता भन्छन् ‘महिला सधैँ सही हुन्छन् । हामीले यसलाई जति चाँडो स्वीकार गर्छौं त्यति नै हाम्री लागि राम्रो हुन्छ ।