सन्नी देओलले फिल्म ‘बेताब’ बाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए । फिल्म ‘बेताब’ मा सानी देओलको साथमा अभिनेत्री अमृता सिंह थिईन । सुटिङका क्रममा अमृता सन्नीप्रति आकर्षित भइन् र उनीहरु एक अर्काको प्रेममा परेका थिए । फिल्ममा दुवैले स्मूच सीन र धेरै इन्टिमेट सीन गरे, जुन त्यो समयको हिसाबले निकै बोल्ड थियो । यसका बावजुद दुवै स्टार एक-अर्कासँग निकै सहज थिए र उनीहरुको रिल लाइफ रोमान्स वास्तविक जीवनमा रोमान्स बन्यो ।
त्यस समयमा दुवै विवाह गर्ने स्थितिमा पुगेका थिए तर त्यस समयमा अमृताले सानी देओलको बारेमा केही यस्ता कुरा थाहा पाइन त्यस समयमा अमृता निकै भावुक भएकी थिइन् । त्यस समयमा अमृतालाई थाहा थिएन की सानी विवाहित हुन् भनेर ।
अभिनेता सानीको परिवारमा पनि उनले पूजासँग विवाह गरेको खबरलाई गोप्य राखेको थियो किनकि त्यतिबेला अभिनेताको करियर भर्खरै सुरु भएको थियो । अभिनेतालाई पनि उनले विवाह गरेको खबर सबै मान्छेको अगाडि आयो भने उनलाई रोमान्टिक हिरो बन्न गाह्रो हुन्छ कि भन्ने डर थियो । किनभने त्यस समय विवाह भएका अभिनेता अभिनेत्रीलाई खासै मन काम पाउन मुस्किल हुन्थ्यो ।
अमृतापछि सनिको जीवनमा डिम्पल कपाडिया आइन् । दुवैको विवाह भइसकेको थियो तर पनि सन्नी र डिम्पलको अफेयरको खबर सामान्य रुपम आएको थियो । केही समाचारमा सन्नी र डिम्पलको विवाह भएको दावी समेत गरिएको थियो । तर यो खबर कसैले पनि पुष्टि गतना सकेको थिएन ।
यसपछि सनी देओलको नाम अभिनेत्री मीनाक्षी शेषाद्रीसँग जोडिएको थियो । यी दुईले लामो समय एक-अर्कालाई डेट गरेका थिए । यस क्रममा यो जोडी धेरै फिल्ममा सँगै देखिए । तर यो जोडीको प्रेम लामो समय टिक्न सकेन ।
यसपछि सनी देओलको नाम रविना टण्डनसँग जोडिएको थियो । दुवै फिल्म ‘जिद्दी’ मा सँगै देखिएका थिए । त्यस समयमा यी दुईको जोडी चर्चाको निकै भएको थियो । दुवै धेरै पटक सँगै काम गरेका छन् । तर अभिनेता सानी विवाहित भएको कारण यो जोडीको सम्बन्ध लामो समय टिक्न सकेन ।