सामाजिक सञ्जालमा रोनाल्डोलाई पछ्याउँदै मेस्सी !

लियोनल मेस्सीले इन्स्टाग्राममा ३०० मिलियन फलोअर्सको संख्या पार गर्दा उनी यो कोशेढुंगा पार गर्ने मात्र दोस्रो फुटबलर बनेका छन्। पेरिस सेन्ट-जर्मेनका सुपरस्टार लामो समयदेखिका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो भन्दा पछि सामाजिक सञ्जाल प्लेटफर्ममा सबैभन्दा धेरै फलोअर भएका फुटबलरहरूको सूचीमा दोस्रो स्थानमा छन्।

म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डो अझै पनि उल्लेखनीय ३८९ मिलियन फलोअर्सको साथ मेस्सी भन्दा निकै अगाडि छन्। हजारौं स्टारहरु अहिले आफ्ना समर्थक तथा फ्यान्सलाई इन्स्टाग्राम मार्फत आफ्नो दैनिक जीवन बारे जानकारी दिने गरेका छन् जसले उनीहरुको ख्यातीलाई अझ फराकिलो बनाउने गरेको छ।

३४ वर्षीय मेस्सीले फ्रान्सको राजधानीमा आफ्नो परिवार र श्रीमती एन्टोनेलासँगको दैनिक क्रियाकलाप जस्ता दैनिक सामग्री आफ्नो अकाउन्टबाट अपलोड गर्ने गरेका छन्। मेस्सीले फलोअर्सको संख्यामा रोनाल्डोलाई पछ्याउँदै गर्दा पोर्चुगिज सुपरस्टारले आफ्नो अकाउन्टमा पीएसजी फरवार्डको तुलनामा धेरै पोष्ट गरेका छन्।

मेस्सीले आफ्नो प्रोफाइलमा जम्मा ८२१ पोष्ट सेयर गरेका छन् भने रोनाल्डोको ३,२१९ पोष्टहरू छन्, झण्डै चार गुणा बढी। मेस्सीको मात्र २८३ को तुलनामा पोर्चुगिज स्टारले बढी अकाउन्ट फलो(४९२) पनि गरेका छन्। ती दुई दिग्गज स्टारहरू फुटबलरहरूको कुरा गर्दा फलोअरहरूको हिसाबले निकै अगाडि छन्, मेस्सीका टिममेट नेयमार १६८ मिलियन फलोअरका साथ तेस्रो स्थानमा छन्।

शीर्ष १० मा रहेका अन्य स्टारको फलोअर्सको संख्यामा उल्लेखनीय गिरावट देख्न सकिन्छ, पूर्व रियल म्याड्रिड मिडफिल्डर डेभिड बेकह्याम ७०.६ मिलियन फलोअर्सको साथ चौंथो स्थानमा रहेका छन्। अन्य सक्रिय फुटबलरहरू मध्ये, पीएसजी फरवार्ड किलियन एमबाप्पेको ६३.५ मिलियन फलोअर्स रहेका छन् भने पूर्व बार्सिलोना प्लेमेकर रोनाल्डिन्होको ६२.९ मिलियन फलोअर्स छन्।

त्यसपछि क्रमशः ५२ मिलियन र ४९ मिलियन फलोअर्सका साथ ज्लाटन इब्राहिमोभिक र सर्जियो रामोस छन्। लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका ग्यारेथ बेल शीर्ष १० मा परेका छन्।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१४:००

फातीले गरे रोनाल्डोको ‘सिउउ’ सेलिब्रेसन, भाल्भर्डेले गरे मेस्सीको नक्कल: के हुँदै छ यस्तो ?