मेस्सी-नेयमार नहुँदा एम्बाप्पेले पूरा गरे जिम्मेवारी, पिएसजीको सहज जित !

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा ब्रेस्टलाई २–० ले पराजित गरेको हो ।

पिएसजीको जितमा एमबाप्पे र थिलो केरहरले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल निस्किएको थियो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ३२औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले १–० को अग्रता लिन सफल भएको थियो । उनले जर्जिन्हो वाइनाल्डमको पासमा गोल गरेका थिए ।

५३औं मिनेटमा थिलो केरहरले नुनो मेन्डेसको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो । ब्रेस्टविरुद्ध एमबाप्पेले उच्च प्रदर्शन गरेपनि थप गोल भने निकाल्न सकेन ।

यो जितसँगै पिएसजीले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता लिदै उपाधि यात्रालाई थप मजवुत बनाएको छ । पिएसजीको २१ ख्ेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको निसको ३९ अंक छ । पराजित ब्रेस्ट २५ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित : आइतबार, माघ ०२, २०७८०९:१०

विपक्षिको काल बन्दै लेवान्डोस्की, कोल्न विरुद्ध धडा-धड ह्याट्रिक !