विपक्षिको काल बन्दै लेवान्डोस्की, कोल्न विरुद्ध धडा-धड ह्याट्रिक !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक सहयोगमा जर्मन बुन्डेसलिगमा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ ।

बायर्नले घरेलु टोली कोल्नलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । एक गोल कोरिन्टिन टोलिसोको नाममा रह्यो । कोल्नमा शनिबार राति भएको खेलको नवौं मिनेटमा लेवान्डोस्कीको गोलबाट बायर्नले गोलको खाता खोलेको थियो । उनले थोमस मुलरको पासमा गोल गरेका थिए ।

२५औं मिनेटमा मुलरकै पासमा कोरिन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ३१औं मिनेटमा मार्क अथले गोल गरेपनि गोलले मान्यता नपाउँदा घरेलु टोली कोल्न खेलमा फर्कन सकेन ।

त्यसपछि लेवान्डोस्कीले सव्सिच्युट लिरोए सानेको पासमा दुई गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल भए । ६२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७४औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई फराकिलो जित दिलाए । जारी सिजनको बुन्डेसलिगामा १९ खेलमा उनको यो २३ औं गोल हो ।

जितसँगै शीर्षस्थानको बायर्नको १९ खेलबाट ४६ अंक पुगेको छ । बायर्नले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको ४० अंक छ । पराजित कोल्न २८ अंक जोडेर आठौं स्थानमा छ ।

प्रकाशित : आइतबार, माघ ०२, २०७८०९:१२

डेब्यू खेलमै कौटिन्होले गरेको यो उत्कृष्ट गोल जसले युनाइटेडलाई झड्का दियो ! [भिडियो सहित]