मेस्सीको आगमनले पिएसजीलाई फलीफाप नै फलीफाप !

एजेन्सी- लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा पाँच महिना मात्रै बिताएका छन्। यस बीचमा उनले १६ खेलमा ६ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्। मेस्सीले मैदानमा जति प्रभाव पारेका छन्, त्यो भन्दा बढी उनले पिएसजीको आम्दानीमा प्रभाव पारेका छन्।

मेस्सी आएदेखि पिएसजीलाई फलीफाप नै फलीफाप भएको छ। मेस्सीको आगमनले पिएसजीलाई नयाँ-नयाँ प्रायोजनहरु मिलिरहेका छन् भने पूराना प्रयोजनका सम्झौताहरु पनि नवीकरण भइरहेका छन्।

पिएसजीका प्रायोजन निर्देशक मार्क आर्मस्ट्रंगका अनुसार गएको वर्षहरुमा भन्दा यस वर्ष प्रयोजनबाट हुने आम्दानीमा ठूलो बढोत्तरी हुने उच्च सम्भावना छ। मेस्सीको आगमन पछि आम्दानी १० प्रतिशत भन्दा बढी बढ्ने आर्मस्ट्रंगको भनाई छ।

मेस्सी आएयता ८ नयाँ प्रायोजकहरु पिएसजीलाई मिलेका छन्। धेरैले पिएसजीसँग केहि वर्षका लागि सम्झौता गरिसकेका छन्। डीआइओआर र क्रिप्टो डट कम जस्ता प्रयोजन पनि मेस्सीको आगमन पछि मिलेका हुन्।

त्यस्तै नाइकीले पनि पिएसजीलाई जर्सी, फुटबल बुट लगायतका किटहरू सन् २०३२ सम्म उपलब्ध गराउने भएको छ। त्यस्तै कोकाकोलाले पनि सन् २०२४ सम्मको लागि प्रयोजन सम्झौता थप गरेको छ।

त्यस्तै मेस्सीको आगमनले पिएसजीको सामाजिक संजालमा उपलब्धि पनि बलियो भएको छ। मेस्सीको आगमन पछि पिएसजीलाई सामाजिक संजाल पछ्याउनेको संख्या १५ मिलियनले थप भइसकेको छ। एक बजार अध्ययनका अनुसार पिएसजीले सन् २०२१ मा १० लाख भन्दा बढी जर्सी बिक्री गरेको थियो।

मेस्सीको आगमन पिएसजीका लागि मात्र लाभदायक भएको छैन, फ्रेन्च लिग वानका लागि पनि लाभदायक सावित भएको छ। मेस्सीको उपस्थितिले लिग वानको प्रसारण अधिकार महँगोमा बिक्री भैरहेको छ।

प्रकाशित : आइतबार, माघ ०२, २०७८१०:५१

भिल्ला विरुद्ध किन रोनाल्डो आउट ? यस्तो आयो पछिल्लो अपडेट !