काठमाडौँ – साताको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत हप्ताको केहि दिन लगातार बढेको सुनको मूल्य आज आइतबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ४ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
गत साता सुनको मूल्य
गत साताको पहिलो दिन सुनको मूल्य स्थिर रहँदा दोस्रो दिन सोमबार घटेको थियो। त्यसदिन यता सुनको मूल्य लगातार बढेको थियो। गत साता छापावाला सुन ९१ हजार ३ सय रुपैंयाँ देखि ९२ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। चाँदी आज १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

