रणवीरसँग विवाहअघि लिभ इनमा किन बसिनन् दीपिका पादुकोण ? यस्तो रहेछ कारण !

एजेन्सी : दीपिका पादुकोण र रणवीर सिंह बलिउड इन्डस्ट्रीको सर्वाधिक रुचाईएको जोडीमध्ये एक हुन्। यी दुई ६ वर्षसम्म रिलेशनमा बसी सन् २०१८ नोभेम्बरमा इटलीको लेक कोमोमा वैवाहिक बन्धनमा बाँधिएका थिए। अहिले यी दुई आफ्नो विवाहको तेस्रो वार्षिकोत्सव मनाउँदैछन्।

रणवीर सिंह यतिबेला दिल्लीमा आफ्नो फिल्म ‘रकी और रानीको प्रेम कहानी’ को शूटिङमा व्यस्त छन्। त्यस्तै दीपिका पादुकोणले दिल्लीमा फिल्म सेटमा गई आफ्नो वेडिङ एनिभर्सरी सेलिब्रेट गरेकी छिन्।

दीपिका र रणवीरले सञ्चय लीला भन्सालीको फिल्म ‘गोलियों की रासलीला राम-लीला’ मा पहिलो पटक एकसाथ काम गरेका थिए। यससँगै यी दुई नजिकिएको चर्चा चल्ने गर्थ्यो। एक अन्तर्वार्तामा दीपिकाले आफ्नो विवाहबारे थुप्रै कुराहरु शेयर गरेकी थिईन्।

अन्तर्वार्तामा दीपिकालाई विवाहअघि रणवीर सिंहसँग लिभ इन रिलेशनशिपमा बस्नुभएको थियो भनेर सोध्दा उनले त्यसलाई अस्वीकार गरिन्। उनको भनाईमा यदि विवाह अघि नै सँगै बस्न थाले एक-अर्काबारे पछि के थाहा पाउन कोसिस गर्ने हो र ?

प्रकाशित : आइतबार, माघ ०२, २०७८२१:३३

रियल लाइफ दिदी-भाइ/दाजु-बहिनी हुन् यी एक्टर्स, कोहीँ सुपरस्टार बने भने कोहीँ फ्लप