एजेन्सी : गीत, बेबो, चमेली, पू लगायत जति पनि भूमिका भए पनि ती सबैको भूमिका निभाउने पात्र एकै हुन्। उनी हुन् बलिउडको ‘बेबो’ करीना कपूर। आज हामी तपाईलाई करीनाको करियरको उत्कृष्ट फिल्महरुका बारेमा बताउँदै छौँ।
चमेली :
सन् २००४ सम्म करीनाका थुप्रै फिल्महरु रिलिज भईसकेका थिए। केही हिट भएका थिए भने केही फ्लप। तर ‘चमेली’ फिल्म अलगै विषयमा बनेको थियो। करीनाले यस खाले चुनौतीपूर्ण भूमिका त्यस अघि गरेकी थिईनन्। तर उनले हिम्मत फिल्म साइन गरिन् र उनको प्रयास सफल भयो। ‘चमेली’ मा उनको भूमिका एक ‘वे:-.श्या_’ को थियो, जो आफ्नै आफन्तको कारण यस पेशामा लाग्न बाध्य हुन्छिन्।
देव :
अमिताभ बच्चन र फरदीन खानसँगको करीनाको यो फिल्म हिन्दु-मुश्लिम दङ्गामा आधारित थियो जसमा करीनाले एक मुश्लिम युवती आलियाको भूमिका निभाएकी थिईन्।
ऐतराज :
यो फिल्ममा करीना कपूरसँग अक्षय कुमार र प्रियंका चोपडा पनि थिए। यो फिल्ममा करीना पहिलो पटक वकिलको भूमिका देखा परेकी थिईन्।
ओमकारा :
विलियम शेक्सपियरको ‘ओथेलो’ मा आधारित यो फिल्म उत्तरप्रदेशको पृष्ठभूमिको आधारमा निर्माण गरिएको थियो। राजनीति र प्रेममा धोकाबारे बनेको यो फिल्ममा करीनाले डलीको भूमिका निभाएकी थिईन्।
जब वी मेट :
सन् २००७ मा आएको यो फिल्ममा ‘गीत ढिल्लो’ भूमिकाले उनका फ्यानमा गहिरो छाप छोडेको थियो। चुलबुली, मनमौजी, हँसमुख गीतको जीवनमा कहिल्यै अरुको परवाह गरिनन्। आफ्नो हर्कतको कारण उनी समस्यामा पनि पर्थिन् तर मुश्किलको घडीबाट उनी आफूलाई सजिलै निकाल्थिन्।
हिरोइन :
‘जब वी मेट’ को सफलतापछि करीनाले थुप्रै फिल्महरुमा काम गरिन् र उनको सैफ अलि खानसँगको सम्बन्धको खबरले पनि धेरै चर्चा बटुल्यो। ‘हिरोइन’ फिल्ममा करीनाले एक चर्चित अभिनेत्री माही अरोडाको भूमिका निभाएकी थिईन्।