लिभरपुलका फरवार्ड माथि बार्सिलोनाको नजर, आउने ट्रान्सफर विन्डोमै भित्र्याउने !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड माथि नजर लगाएको छ। बार्सिलोनाले लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनो माथि नजर लगाएको हो।

विभिन्न स्पेनिस मिडियाहरुले गरेको दावी अनुसार बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज फिर्मिनोलाई आफ्नो क्लबमा देख्न चाहन्छन्। आउने ट्रान्सफर विन्डोमा फिर्मिनोलाई भित्र्याउने उनको योजना रहेको छ।

स्पेनिस मिडिया आउटलेट एल नेसियोनलले गरेको दावी अनुसार फिर्मिनो लिभरपुल छाड्ने पक्षमा रहेका छन्। पोर्चुगिज फरवार्ड डियोगो जोटाको बढ्दो प्रभावका कारण फर्मिनोले लिभरपुल छाड्न सक्ने नेसियोनलको दावी छ।

जारी सिजनमा डियोगो जोटा उच्च लयमा देखिएका छन्। प्रिमियर लिगमा उनले १० गोल गरिसकेका छन्। तर फिर्मिनोले भने जारी सिजनमा मात्रै ४ गोल गरेका छन्। जोटाको उच्च लयकै कारण फिर्मिनोले लिभरपुलमा कम मौका पाउन थालेका छन्।

बताइएअनुसार, लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप समेत फिर्मिनोलाई जान दिने पक्षमा रहेका छन्। लिभरपुलले फिर्मिनोलाई २० मिलियन युरो सम्ममा बिक्री गर्ने योजना बनाएको छ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१०:२६

आज लाग्दै द बेस्ट अवार्डको टुंगो: कसले जित्ला ? अवार्ड कार्यक्रम लाइभ कहाँ हेर्ने ?