आज लाग्दै द बेस्ट अवार्डको टुंगो: कसले जित्ला ? अवार्ड कार्यक्रम लाइभ कहाँ हेर्ने ?

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले प्रदान गर्ने ‘द बेस्ट अवार्ड’ को टुंगो सोमबार राति लाग्दैछ। स्विट्जरल्याण्डमा हुने एक विशेष समारोहका बीच सन् २०२१ को उत्कृष्ट फुटबल खेलाडीलाई दिइने द बेस्ट अवार्डको टुंगो लाग्ने भएको हो।

‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम यस अगाडी नै सार्वजनिक भइसकेको छ। फिफाको अन्तिम मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह रहेका छन्।

त्यस्तै जर्मन क्लब बायर्न म्युनिखका म्यानुएल नुएर, चेल्सीका इडुवार्ड मेन्डी र पिएसजीका जियानलुगी डोनररुम्मा वर्ष गोलरक्षक अवार्डका लागि अन्तिम मनोनयनमा परेका छन्। वर्ष पुरुष प्रशिक्षकका लागि पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टुचेल बीच प्रतिष्पर्धा हुँदैछ।

वर्ष खेलाडी महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास अन्तिम मनोनयनमा छन्। महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान बीच प्रतिष्पर्धा हुनेछ।

कहाँ हेर्ने अवार्ड कार्यक्रम ?

स्विट्जरल्याण्डमा हुने फिफा द बेस्टको अवार्ड कार्यक्रम नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा शुरु हुनेछ। अवार्ड कार्यक्रम फिफा आफैंले प्रतक्ष्य प्रशारण गर्नेछ। कार्यक्रम फिफाको आधिकारिक युट्युब च्यानलमै हेर्न सकिने छ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१०:४८

जब २०१९ मा मेस्सीले रोनाल्डोलाई हाने दह्रो झाप्पड, धेरैलाई थाहा नहुन सक्छ !