सेप्टेम्बरमा रोनाल्डोलाई थर्काएका मार्टिनेजले जनावरीमा देखे बाउको बिहे [भिडियो सहित]

एस्टन भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले म्यानचेस्टर युनाइटेड विरुद्धको खेलको शुरुवाती मिनेटमा नै निकै ठूलो गल्ती गरेका थिए र फ्यानहरूले यसलाई गत वर्ष ओल्ड ट्राफोर्डमा उनको एन्टिक्सको लागि “कर्मा” भनेका छन्।

सेप्टेम्बरमा, अर्जेन्टिनाका गोलकिपरले क्रिस्टियानो रोनाल्डोलाई खेलको अन्तिम समयमा पाएको पेनाल्टी किक प्रहार गर्न चुनौती दिएका थिए। पूर्व आर्सनल स्टारले रोनाल्डोलाई “तपाईं लिनुहोस्!” भनेर चिच्याएको देखिएको थियो। ५ पटकका बालोन डी ओर विजेता प्रति देखाएको उक्त प्रतिक्रिया सामाजिक सञ्जालमा खुब भाइरल भएको थियो।

पेनाल्टी किकबाट आफ्नो प्रभावशाली रेकर्डको बाबजुद, रोनाल्डोले ब्रुनो फर्नान्डिसलाई स्पट-किक लिन अनुमति दिए र मार्टिनेजले आफ्नो परम्परागत नचाहिने कुरा गर्न थाले। फर्नान्डिसले त्यसपछि बललाई बार भन्दा निकै माथि स्ट्रेटफोर्ड एन्डमा प्रहार गरे। जसपछि पेनाल्टी सुट बचाउ गर्ने उत्कृष्ट रेकर्ड रहेका मार्टिनेजले युनाइटेड समर्थकहरूको अगाडि नाचेका थिए। तपाईंले तलको फुटेज हेर्न सक्नुहुन्छ।

चार महिना पछि भिल्ला पार्कमा राल्फ रान्ग्निकको टोली विरुद्धको खेलको छैटौं मिनेटमा, एक दुर्भाग्यपूर्ण स्लिपका कारण मार्टिनेजले लामो दायराको प्रयासलाई बचाउ गर्न असफल भए र त्यो प्रयास गरेका थिए, अवश्य पनि ब्रुनो फर्नान्डेजले। तल हेर्नुहोस् उक्त क्षण…..

प्रकाशित : सोमबार, माघ ०३, २०७८१६:३४

फिफा द बेस्ट अवार्ड आज हुँदै: यी हुनसक्छन् विजेता घोषित, मेस्सी कि लेवान्डोस्की ?